युक्रेनमा अन्तर्राष्ट्रिय सैन्य अभ्यास

0
777

५ असोज । केही वर्षयतादेखि आन्तरिक सशस्त्र द्वन्द्वमा फसेको युक्रेनमा अन्तर्राष्ट्रियस्तरको सैन्य अभ्यास सम्पन्न भएको समाचारमा जनाइएको छ ।

युक्रेनको दक्षिणी क्षेत्रमा गतहप्तामात्र सो अभ्यास सम्पन्न भएको छ । उक्त अभ्यासको आयोजना युक्रेनले गरेको हो र त्यसका सहभागी राष्ट्रहरुमा संयुक्त राज्य अमेरिका र मोल्दोभा पनि रहेका छन् ।

युक्रेनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार दक्षिणी युक्रेनको निकोलिभ क्षेत्रको सिरोकोलान्भिकमा सो अभ्यास भएको हो ।

उक्त अभ्यास तीन हप्तासम्म सञ्चालन भएको थियो । सो सैन्य अभ्यासमा युक्रेनका एक हजार समेत गरी तीन देशका दुई हजार ५०० सैनिक सहभागी भएका थिए ।

सैनिकले जल, स्थल र हवाई सैनिक अभ्यास सञ्चालन गरिएको बताइएको छ । विगतका केही वर्षदेखि राजीतिक सङ्कटमा परेको यस देशमा आगामी दिनमा सुरक्षा सहयोगको सन्देश दिने उद्देश्यले सो अभ्यास सुरु गरिएको बताइएको छ