राष्ट्रिय स्वाधिनताका पक्षमा युवाहरु

0
508

असोज ६ काठमाण्डौ 
नयाँ संबिधानको पक्षमा छिमेकीहरुले सहयोग गर्नु पर्ने भन्दै बिभिन्न राजनीतिक दलमा आबद्ध भएका युवाहरुले राजधानीको भृकुटिमण्डपबाट खबरदारी गरेका छन् । संबिधान निर्माण भएको ऐतिहासिक क्षणमा सबै देशहरुको सहयोग हुनु पर्नेमा भारतले आन्दोलनकारी पक्षलाई सहयोग गरी नाकाबन्दी गर्ने सम्मको कदम चाल्न आँटेको भन्दै सच्चा छिमेकी बनेर देखाउन र नेपालको आन्तरीक मामलामा अनाबश्यक हस्तक्षेन नगर्ने खवरदारी गरेका हुन् । ब्याक अफ इण्डिया’ लेखिएको प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेका – बिभिन्न माओबादि पार्टिमा आबद्ध भएका युवाहरुले नेपालको स्वतन्त्रतामाथि कसैको हस्तक्षेप स्विकार्य नहुने बताएका छन् ।

dकोणसभामा बोल्दै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नेपालको आन्तरिक मामिलामा नांगो हस्तक्षेप गरेर भारतले आफ्नै लागि चुनौती खडा गरेको बताउनु भयो ।
संबिधानको स्वागत या बिरोध गर्नु हाम्रो अन्तरिक मामिला हो’, न्यौपानेले भने, ‘हामी यो वा त्यो बहानामा भारतीय हस्तक्षेप स्विकार गर्दैनौं ।’ उहाँले राष्ट्रियतामाथि भइरहेको भारतीय हस्तक्षेपविरुद्ध एकजुट हुन युवाशक्तिलाई अपिलसमेत गर्नु भएको छ ।

dee de
एमाओवादीका युवा नेता जागृत रायमाझीले राष्ट्रियता रक्षाका लागि आवश्यक परे राष्ट्रिय युद्ध लड्न तयार रहेको चेतावनी दिनु भयो ।
भियतनामाबाट सिकेर राष्ट्रिय प्रतिरोध युद्धको तयारी र क्युवाबाट सिकेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
रायमाझीले नेपाल आफ्नै खुट्टामा उभिन नसक्दासम्म भारतीय दादागिरीको शिकार भइरहने भन्दै राष्ट्रिय स्वाधिनताका लागि आत्मनिर्भर हुनुपर्नेमा जोड दिनु भयो ।
एमाओवादी समर्थित अखिल क्रान्तिकारीका नेता रञ्जित तामाङले शरीरमा एक थोपा रगत रहुञ्जेल राष्ट्रियताको लडाईं लड्न तयार रहेको भन्दै भारतीय हस्तक्षेप स्विकार्य नरहेको धारण राख्नु भएको थियो । संबिधान निमार्णका बिभिन्न चरणहरु पार गर्दा आपसी सम्बन्ध राम्रो नभएका माओबादि समर्थित दल र तिनका भातृसंगठनहरु राष्ट्रियताको सवालमा एउटै मार्चामा गोलबद्ध भएका छन् ।