नेपाल – भारत लोक हस्तकला महोत्सव आज देखि

0
886

काठमाडौं असोज ६
नेपाल र भारतका ग्रामीणस्तरका हस्तकलाको उत्थान गर्ने उद्देश्यले साउथ एशिया फाउण्डेशन भारत र साउथ एशिया फाउण्डेशन नेपालको संयुक्त आयोजनामा ‘भारत–नेपाल लोकहस्तकला महोत्सव २०१५’ को आयोजनामा हस्तकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी आज देखि ११ गतेसम्म काठमाडौंंको भृकुटीमण्डपमा संचालन गरिने आयोजकले जनाउको छ । लोक सस्कृतिले धनी दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरीएको आयोजक संस्था साउथ एसिया फाउण्डेशनका महासचिव राहुल बरुवाले जानकारी दिनुभयो । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा विकास आयुक्तको कार्यालय, (ह्याण्डिक्राप्mट) टेक्सटाइल्स मन्त्रालय, भारत रहेको छ । नेपाल र भारतका हस्तकला लगायतका ग्रामीण कलाकृतिको उत्थानका लागि गरिएको उक्त कार्यक्रममा भारतीय दूतावास, काठमाडौं इण्डियन कल्चरल सेन्टर, भारतीय दूतावास काठमाडौं नेपाली दूतावास नयाँ दिल्ली, नेपाल पर्यटन बोर्ड, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल,पाटा नेपाल च्याप्टर, नेपाल वायुु सेवा निगम, सोल्टी क्राउन प्लाजा,नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल हस्तकला एसोसिएसन महासंघको सहयोग रहेको छ । भारत–नेपाल लोक हस्तकला महोत्सवको मुख्य आकर्षण भने ‘खादी नेपाल’ को प्रवद्र्धन हो । उक्त प्रवद्र्धन कार्यक्रममा खादीबाट बनेका नेपाल र भारतका उत्पादनहरुको पनि प्रदर्शनी राखिएको छ ।
महोत्सवका विशेषताहरु
महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री कृपासुर शेर्पा, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा, नेपालका लागि भारतीय राजदूत रन्जित रे को विशेष आतिथ्यता रहेको थियो । महोत्सवमा ७० भन्दा बढी हस्तकला सामानहरुको स्टल राखिएको छ भने नेपाल–भारतका कला तथा संस्कृति झल्किने फेसन शो, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमहरु समेत रहेका छन् । त्यसैगरी महोत्सव अवधिमै भारतीय शिल्पगुरुहरुबाट मिथिला चित्रकला, पोटरी, चूरा बनाउने तरिकाहरुको प्रत्यक्ष प्रदर्शनी समेत गरिने भएको छ । भारत र नेपालका फेसन डिजाइनरहरुद्वारा कार्यशाला समेत गरिने महोत्सवमा व्यवसायिक व्यापार प्रवद्र्धन बारे समेत विचार आदान प्रदान तथा विस्तारका प्रयास गरिने छन् ।
महोत्सवमा फुड स्टल, हस्तकला तथा खादी प्रवद्र्धनबारे सेमिनार र सिन्धुपाल्चोकस्थित बरुवा गाउँका भूकम्प पीडितहरुले समेत हस्तकला प्रदर्शनी गरेका छन् । महोत्सव एउटा सिक्ने सिकाउने स्थल समेत बन्ने आयोजकले दाबी गरेको छ । दुई देशबीचका कला संस्कृतिबारे समानता तथा विविधता आदान प्रदान गर्ने अवसर महोत्सव बाट लिन सकिने छ ।
साउथ एशिया फाउण्डेशन (साफ) परिचय
सन् १९९१ मा स्थापना भएको साउथ एशिया फाउण्डेशनले नेपालमा ग्रामीण भेगमा काम गर्दै आएको छ । ग्रामीण स्तरमा ‘ग्रासरुट लेभल’ का नागरिकहरुसँग सहकार्य गर्दै सहकारीको माध्यमबाट रोजगारमूलक तथा शीपमूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । यसबाट गाम्रीण भेगका नागरिकहरुको जीवनस्तर उकासिनोका साथै आर्थिक आर्यआर्जन गरी आत्मनिर्भर बन्दै गएका छन् । साउथ एसिया फाउण्डेशनले यिनै लोक हस्तकला महोत्सवको माध्यमबाट नेपालका हस्तकला कलाकार तथा शिल्पकारहरुको प्रवद्र्धन गर्ने लक्ष्य साफले लिएको साफ भारतका महासचिव राहुल बरुवाले जानकारी । सन् २०१२ मा भारत–नेपाल हस्तकला महोत्सव पहिलो पटक काठमाडौको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको थियो । महोसत्वले नेपाल–भारत सम्बन्ध मात्र विस्तार गर्ने नभई, यसले दुवै देशका हस्तकला कलाकारहरुलाई समेत राम्रो अवसर प्रदान गर्ने विश्वास लिइएको महासचिव बरुवाको भनाई छ ।