मक्का घटना प्रति प्रधानमन्त्री दुखी

0
575

काठमाडाँैं, ७ असोज । प्रधानमन्त्री सुशील कोइरालाले साउदी अरेबियाको मक्का सहरमा हजको तीर्थाटनमा गएका सात सयभन्दा बढी यात्रुको भागदौडका क्रममा निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज साउदी राजा सलमानलाई शोक सन्देश पठाउँदै घटनामा निधन भई जीवन गुमाएका तीर्थयात्रीका परिवारमा व्यक्तिगत, नेपाल सरकार र नेपाली जनताका तर्फबाट समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

सन्देशमा जीवनमा सुख, शान्ति, प्रगतिको कामना सहित समस्त इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का–मदिनाको यात्रा गरी सन्तोष लिन प्रयासरत यात्रुको निधनले आफू मर्माहत भएको उहाँले उल्लेख गर्नुभएको छ ।