टानको अध्यक्षमा पाण्डेको उमेद्धारी घोषणा,पर्यटन नीति र ब्यबसायिक नेतृत्व प्राथमिकता

0
699

असोज ८ काठमाण्डौ ।
ट्रेकिङ एजेन्सिज  एसोसिएसन अफ नेपाल (टान)को आगामी कार्यकालका लागि टानका महासचिव सागर पाण्डेले अध्यक्ष पदको लागि आफ्नो उमेद्धारी घोषणा गर्नु भएको छ । पाण्डेको उमेद्धारी घोषणा सँगै टानको नयाँ नेतृत्व छनोटको गर्मागर्मी चुलिएको छ । बिगतमा नेपाली काँग्रेश निकट पर्यटन ब्यबसायि रमेश धमलालाई अध्यक्ष बनाउँदाको सहमती बमोजिम नै यसपटक एमाआबादि निकटका पर्यटन ब्यबसायिहरुको संस्था नेपाल पर्यटन ब्यबसायि मञ्चको तर्फबाट साझा उमेद्धारको रुपमा पाण्डेलाई अध्यक्षको उमेद्धारी घोषणा गरिएको मञ्चका अध्यक्ष गणेश प्रसाद सिंखडाले सञ्चारखवरलाई जानकारी गराउनु भयो ।

DSC08285उमेद्धारी घाषणा सँगै सञ्चारखवर सँग कुरा गर्दै पाण्डेले आफ्नो उमेद्धारी पर्यटन क्षेत्रको आमुल परिर्वतनका लागि भएको बताउँदै पर्यटन नीति मन्त्रालयले मात्रै बनाँउँदा कार्यन्वयन नभएकोले नीतिगत एजेण्डा आफ्नो प्रथामिकता भएको बताउनु भयो । अबको दिनमा पर्यटन नीति राष्ट्रिय योजना आयोले गुरु योजनाको रुपमा बनाउन आफुले पहल गर्ने बताँउदै नाम मात्रैको नितीले पर्यटन क्षेत्रले फड्को मार्न नसकको जिकीर गर्नु भयो । मन्त्रालयले बनाएको नीति बार्षिक कार्यक्रममा मात्रै सिमीत भएकाले परिणाम आउन नसकेको उहाँले दाबी गर्नु भयो ।
समग्र पर्यटन क्षेत्रको बिकासका लागि राज्यले भौतिक निर्माणलाई प्राथमिकतामा राख्नु पर्ने बताउँदै त्यसका लागि स्पष्ट नीतिगत ब्यबस्था आवश्यक भएको उहाँको भनाई थियो । मुलुकमा नयाँ संबिधान आए संगै आर्थिक बिकासको अबसर आएकाले देशको अर्थतन्त्र बलियो बनाउन पर्यटन क्षेत्रले मात्रै सम्भव भएकाले पर्यटन बिकास राज्यको प्राथमीकतामा पार्न आफु लागि पर्ने उहाँको प्रतिबद्धता थियो ।
नेपालमा थुप्रै पर्यटकिय संभावना युक्त स्थान हुँदा हुँदै पनि आवश्यक सेवा सुबिधा नहँुदा पर्यटक लान नसकिएको भन्दै पर्वतिय पर्यटनको संभावना राज्यको नजरमा पर्न नसक्नु बिडम्बना भएकोले आफुले टानको नेतृत्व पाए पर्यटकिय संभावनाका सम्पुर्ण ढोका खाल्ने दाबि गर्नु भयो । निजी क्षेत्रका ब्यबसायिले गरेका लगानिलाई राज्यले सुरक्षा दिन नसकेका कारण निजी क्षेत्र हतोत्साहित भएको भन्दै निजी क्षेत्रको उपस्थिती बिना देशको अर्थतन्त्र बलियो बन्न नसक्ने उहाँको ठोकुवा थियो । पर्यटन मैत्री भौतिक संरचना र नीति हुने हो भने नेपालमा पर्यटक राख्नै नसक्ने गरि आउने दाबि गर्दै त्यसका लागि नेपाल बायु सेवा निगमले दुबई,बतार र मलेसियामा मात्रै गन्तब्य बनाउनु भन्दा अन्य देशमा पनि अडान भर्नु पर्ने सुझाव दिनु भयो । नेपालको पर्यटकिय गन्तब्य छिमेकी मुलुक पनि भएकाले पर्यटन प्रबद्र्धनमा राज्य र निजीक्षेत्रले ध्यान दिनु पर्ने बिषयहरु पाण्डेका प्रमुख एजेण्डा रहेका छन् ।