असोज ९ काठमाण्डौ ।
गत भदौ ७ गतेको टिकापुर घटना पछिको अबस्था बुझ्न प्रधानमन्त्री शुशिल कोईराला कैलालीको टिकापुर जानु भएको छ । टिकापुरमा रहँदा कोईरालाले त्यहाँको पछिल्लो अबस्थाका बिषयमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरु संग छलफल गर्ने कार्यक्रम रहेको छ । गत भदै ७ गते थरुहटको माग गर्दै भएको आन्दोलनका क्रममा प्रदर्शशनकारीहरुको आक्रमणमा परि नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ९ जनाको ज्यान गएको थियो । त्यसपश्चात लगातार लाग्दै आएको कर्फयु बाट प्रभावित बनेका स्थानियको जनजिवन सामान्य बनाउने बिषयमा प्रधानमन्त्री कोईरालाले थारु आन्दोलनका अगुवाहरु सँग भेटबार्ता गर्ने योजना समेत बनाउनु भएको छ । प्रधानमनत्री कोईरालाले स्थानियहरु संग छलफल गरि सद्भाव कायम राख्न आग्रह समेत गर्ने कार्यक्रम रहेको छ । प्रधानमनत्रीको कैलाली भ्रमणलाई लिएर टिकापुरको सुरक्षा ब्यबस्था कडा पारिएको छ भने बिहानै देखि सादा पोशाकमा ठुलो मात्रामा सुरक्षकर्मीहरु परिचालन गरिएको छ ।