असोज ९ काठमाडौ । मधेसी मोर्चासँग वार्ताको वाताबरण बनाउने जिम्मा पाउनु भएका बनमन्त्री महेश आर्चायले मधेशी मोर्चासँग औपचारीक वार्ता आजै हुन सक्ने बताउनु भएको छ । अनैेपचारीक वार्ता गरि औपचारिक वार्ताको बातारण तयार भएको भन्दै मोर्चाले राखेका मागका बिषयमा छलफल गर्न सरकार तयार भएकाले आजै वार्ता हुन सक्ने आर्चायले बताउनु भएको छ । बार्ताका लागि मोर्चाले अघि सारेका माग पुरा गर्न सरकार तयार भएको भन्दै आन्दोलन भैरहेका जिल्लामा परिचालन गरिएको सेना फिर्ता गर्न मोर्चाले आन्दोलन शान्तिपूर्ण बनाउनु पर्ने,तोडफोड,आगजनी जस्ता कार्य बन्द गर्नु पर्ने सरकारी सर्त मोर्चाले स्विकारेको मन्त्री आचार्यको भनाई रहेका छ । बनमन्त्री आचार्यले तमलोपाका अध्यक्ष महन्थ ठाकुर सँग गोप्य छलफल जारी राख्नु भएको छ । ठाकुर सँगको अनैेपचारीक सहमती पछि आजै औपचारीक वार्ता गर्ने तयारी सरकारले गरेको छ । प्रधानमन्त्री कोईराला टिकापुर जानु भएकाले बार्ता तराईमै पनि हुन सक्ने सरकारी स्रोतले बताएको छ । सरकारी प्रस्ताव प्रति मोर्चाका नेताहरुलाई टेलिफोनमा जानकारी गराईको छ भने उनिहरुले वार्ताका लागि सकारात्मक वाताबरण बनेको प्रतिक्रिया दिएका छन् ।