नेपालगन्जको जमुनाह सीमामा तनाव, २० घाइते

0
794

असोज ९ नेपालगञ्ज, चन्द्र खनाल  । शनिबार विहानैदेखि नेपालगन्जको जमुनाह स्थित नेपाल–भारत सीमा गेटमा नाकाबन्दीका लागि धर्नामा बसेका आन्दोलनकारी र प्रहरी बीच झडप हुँदा करिब २० जना घाइते भएका छन् । धर्नामा रहेका प्रदर्शनकारीलाई हटाउने क्रममा सीमाको भारत तर्फ प्रवेश गरेर आन्दोलनकारीले प्रहरी माथि ढुंगामुढा गरेका थिए । सुरक्षाकर्मीले गरेको लाठी चार्जमा २० बढी आन्दोलनकारी घाइते भएका छन् ।tanab

घाइते आन्दोलनकारी मध्ये केहीलाई भारत रुपैडिहा स्थित मिसन अस्पालमा र केहीलाई नेपालगन्जमा उपचार गरिएको छ । पुसु कोरी, राम सिंह ठाकुरको भारतको रुपैडिहा स्थित मिसन अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये एक जनालाई प्लाष्टिकको गोली लागेको समाचार प्राप्त भएको छ ।

प्रहरी सँगको झडपका क्रममा घाइते भएका आन्दोलनकारी राम सिंह सोनी, अमृत लाल कुर्मी, ममता बनिया, जगदीश बहादुर सिंह, बद्रुदुजा खाँलाई उपचारका लागि अस्पताल पुर्याइएको  छ । प्रहरी तर्फ पनि ४÷५ जना घाइते भएका छन् । सीमामा भएको झडपका क्रममा आन्दोलनकारी भारत तर्फ प्रवेश गर्दा  ढुंगा हानाहानमा ढुंगा भारततर्फ पुगेको भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले गम्भीर आपत्ति जनाएको छ ।

taa

नेपाली सुरक्षा अधिकारीहरुले भारतमा पसेका आन्दोलनकारीले भारतीय भूभागबाट नेपाली सुरक्षाकर्मी माथि ढुंगा प्रहार गर्दा एसएसबी मुकदर्शक बनेको आरोप लगाएको छ । दुवै तर्फका सुरक्षा बलले आन्दोलनकारीले दशगजाबाट तितरवितर पारेका छन् । अहिले आन्दोलनकारीहरु ठूलो संख्यामा भारतको रुपैडिहामा जम्मा भएका छन् भने नेपाल तर्फको सीमा शान्त छ । आन्दोलनकारीले ढुंगा प्रहार गर्दा सीमामा रहेको प्रहरी कार्यालयको झ्यालका सिसा समेत फुटेका छन् । अहिले सीमानामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । दुवै देशका प्रहरी अधिकारीहरुले आवश्यक सतर्कता अपनाइरहेका छन् ।ta