असोज ९ काठमाण्डौ । एमाओबादिका नेता बाबुराम भट्टराईले पार्टि र संसद दुबै पदबाट परित्यागको घोषणा गरेका छन् । पार्टि अध्यक्ष प्रचण्ड सँग लामो समय देखि फरक मत राख्दै आएका पूर्व पूधानमन्त्री समेत भएका भट्टराईले संबिधान निर्माणसँगै माओबादिको एजेण्डा समाप्त भएको भन्दै पार्टिको सदस्य भएर बसीरहनुको कुनै अर्थ नभएको भन्दै ब्यबस्थापिका संसदको सदस्य तथा पार्टिको बरिष्ठ नेताबाट राजिनामा गरेका हुन् । उनले पार्टिको साधारण सदस्य समेत नरहने गरि राजिनामा गरेका छन् ।
भट्टराईले पार्टि परित्यागको घोषणा आफ्नै निवास सानेपामा पत्रकार सम्मेलन गरि गरेका थिए भने त्यस अघि पार्टि अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाट पुगि दाहाल समक्ष राजीनामा बुझाएका थिए । त्यस लगतै सभामुख सुभाष चन्द्र नेम्वाइलाई भेटि सांसदको पदबाट समेत राजिनामा गरेका छन् ।
राजिनामा लगतै भट्टराईले पत्रकार सम्मेलन गरि संबिधान निमार्णका क्रममा एमाओबादि काँग्रेस एमालेको जालोमा परेको भन्दै अब प्रचण्डको पछाडि सति जान नसकीने बताएका छन् । उनको राजीनामा सँगै प्रचण्ड र भट्टराई बिचको ३० बर्षे लामो राजनितीक यात्रामा पुर्ण बिराम लागेको छ । बाम बिश्लेशकहरुले भने दाहाल र भट्टराई एउटै पार्टिमाअटाउनै नसक्ने हुँदा दुई नेताको सहकार्य लामो टिक्न नसक्ने भन्दै बिश्लेषण गर्ने गरेका थिए । भट्राईले अब नयाँ पार्टिको गठन गर्ने आन्तरिक तयारी थाल्ने बुझिएको छ ।