हिट फिल्म ‘टलकजंग भर्सेज टुल्के’ युट्युवमा (फिल्म सहित)

0
534

बैकुण्ठराज पराजुली असोज ११ काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै यो बर्षको लागी विश्वको सर्वश्रेष्ठ अवार्ड ओस्कार अवार्डको लागी प्रतिस्पर्धामा छनोट भएको बर्ष २०७१ को हिट चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ युट्युवमा आएको छ । म्युजिक कम्पनि ‘ॐ साईराम पिक्चर्स’ को तर्फबाट यो चलचित्र युट्युव र भिसिडी मार्फत एकसाथ आएको हो ।
सार्वजनिक प्रदर्शनमा आउँदै गर्दा हलमा गएर यो चलचित्र हेर्न नपाएका दर्शकको प्रतिक्षाको घडी समाप्त गर्दै साईराम पिक्चर्सले चलचित्रलाई दर्शकमाझ ल्याएको हो । युट्युवमा Talakjung Vs Tulke | Nepali Full Movie अथवा ‘OSR Digital’ search गर्दा चलचित्रलाई भेट्न सकिन्छ । दर्शकको मन जितेको तथा पछिल्लो समय वितरण भईरहेका नेपाली चलचित्र अवार्डमा विभिन्न विधामा एकछत्र जस्तै राज गरेको यो चलचित्र धेरैले युट्युवमा र भिसिडीमा आउने दिन पर्खेर बसेका थिए ।
निश्चल बस्नेत निर्देशित ‘टलकजंग भर्सेज टुल्के’मा खगेन्द्र लामिछाने, ऋचा शर्मा, शुसान्त मैनाली लगायतको अभिनय छ । जहाँ खगेन्द्रले गरेको अभिनय निकै नै तारिफयोग्य छ । पछिल्लो समय ‘हिट-हिट’ चलचित्रहरुलाई आफ्नो पोल्टामा पार्दै दर्शकमाझ ल्याईरहेको साईराम पिक्चर्सले यसअघी लिएका चलचित्रहरु युट्युवमा ३६ लाख बढी दर्शकले हेरेको ईतिहास छ ।
नेपाली चलचित्र रिलिजको लामो समयपछि मात्र युट्युवमा ल्याउने गरिन्छ । जहाँ रिलिज हुँदै गरेका चलचित्रहरुलाई पनि हलमा गएर हेर्न नपाउने देश तथा विदेशमा रहेका युट्युव दर्शकको लागी बेग्लै कन्सेप्ट ल्याएर निश्चित रकम तिरेर चलचित्र हेर्ने व्यवस्था साईराम पिक्चर्सले गर्दैछ ।
चलचित्र हेर्नुहोसः
https://www.youtube.com/watch?v=Zl-JXV0JTzw