विराटनगरका पसल मोरङ प्रहरीले खाल्यो ।

0
604

मोरङ, १२ असोज । बन्दकर्ताको दबाबपछि बन्द भएका केही विराटनगरका पसल आज मोरङ प्रहरीले खुलाएको छ ।

मोरङ प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालका अनुसार विराटनगरमा बजार, पसल बन्द गराउँदै हिँडेका बन्दकर्तालाई प्रहरीले पक्राउको तयारी गरेपछि बन्द गराउन छाडेर भागेका कारण आन्दोलनकारीले बन्द गराएका पसल प्रहरीले खुलाएको हो ।

संयुक्त मधेसी मोर्चाको नाममा बन्द गराउँदै आएका १०÷१२ जनाको एक समूहलाई प्रहरीले पक्राउ गर्न खोजेपछि बन्दकर्ता मोटरसाइकलमा चढेर भागेको प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो । बन्दकर्ताको नाममा विभिन्न ठाउँमा बन्द गराउँदै हिँड्ने र धम्की दिनेहरुलाई तत्काल पक्राउ गरेर कारबाही अघि बढाइने एसपी लम्सालले बताउनुभयो ।

सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै संयुक्त मधेसी मोर्चाले आह्वान गरेको विगत डेढ महिनादेखि विराटनगर बजार बन्द गराउँदै आएको छ । प्रहरीको सहयोगमा यस्तै एक दुई पसल खोल्ने गरिएको छ ।