मोर्चाका कार्यकर्ताद्धारा भट्टराईलाई कालोझन्डा

0
600

जनकपुर, असोज १२ । केही दिनअघि मात्रै एकीकृत नेकपा माओवादीबाट बाहिरिएका नेता डा. बाबुराम भट्टराई मधेसका मागहरुप्रति ऐक्यबद्धता जनाउन सोमबार जनकपुर पुगेका छन् ।

जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले मधेसका मागहरुप्रति ऐक्यबद्धता जनाउन जनकपुर आएको बताए ।
भट्टराईले नयाँ पार्टी खोलेर राजनीति गर्ने वा अरु कुनै विकल्पमा
जाने भन्ने विषयमा केही सोचिनसकेको पनि उल्लेख गरे ।

विमानस्थलमा मधेसी मोर्चाका कार्यकर्ताहरुले भट्टराईलाई कालोझन्डा देखाएका थिए ।

उनले सोमबारै गोपाल धर्मशालाको प्रांगणमा आयोजना हुने आमसभालाई सम्बोधन गर्दैछन् ।