हिन्दी टिभी च्यानलहरु २४ घन्टाभित्र सुचारु गर्न सञ्चारमन्त्रीको निर्देशन

0
524

 १२ असोज काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले बन्द गरिएका हिन्दी टिभी च्यानलहरु २४ घन्टाभित्र सुचारु गर्न निर्देशन दिएका छन् ।

भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको चौतर्फी विरोध भइरहेका बेला केवल टिभी सञ्चालकहरुले मंगलबारदेखि सम्पूर्ण हिन्दी टिभी च्यानलहरु बन्द गरेका थिए ।

नेपालमाथि भारतले नांगो हस्तक्षेप गर्दै अन्तराष्ट्रिय कानुनको खिल्ली उडाएर अघोषित नाकाबन्दी गरिरहेका बेला सञ्चारमन्त्री रिजालले भने भारतले नेपालमा नाकाबन्दी नै नगरेको झुठो कुरा बोलेका थिए ।

मंगलबार भने उनले समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको भन्दै सबैले आवश्यक वातावरण निर्माण गर्नुपर्ने भन्दै हिन्दी च्यानलहरु प्रसारणमा गरेको अवरोध हटाउन आग्रह गरेका हुन् ।

भारतीय दादागिरीको विरोध गर्दै नेपालमा हिन्दी चलचित्र प्रदर्शनमा पनि रोक लगाइएको छ ।

यसैवीच विप्लव माओवादी निकटको अखिल नेपाल जनसाँस्कृतिक महासंघले सञ्चारमन्त्री मीनेन्द्र रिजालले भारतीय विस्तारवादको दलाली गरेको आरोप लगाउँदै आफ्नो भनाई तत्काल फिर्ता लिन आग्रह गरेको छ ।