असन्तुष्ट दलहरु सँग वार्ता प्रयास जारी

0
854

 १३ असोज काठमाडौ । व्यवस्थापिका संसदको हिउंदे अधिबेशन सुरुहुनु अगाडी नै असन्तुष्ट पक्षसंग सहमति गर्ने प्रमुुख दलहरुले तयारी गरेका छन् ।

आउदो १५ गतेका लागि बोलाइएको संसद बैठक अगाडी सहमति भईसक्नेगरी सकारात्मक तरिकाले बार्ता अगाडी बढीरहेको बार्ता टोलीका सदस्य तथा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।

उनले हिजोबाट सुरु भएको औपचारिक बार्तालाई आज पनि निरन्तरता दिईने बताए । विभिन्न कार्यक्रममा सहभागी हुन हिजो नै तराई जानु भएका तराई मधेश लोकतान्त्रीक पाटीका अध्यक्ष महन्त ठाकुर आज काठमाडौ फर्किएपछि साँझ फेरी वार्ता गर्ने तयारी भएको छ ।

अध्यक्ष ठाकुले हिजो भएको बार्ताका बारेमा मधेशका अन्य नेताहरुलाई समेत जानकारी दिएर सवै नेताहरुको तर्फबाट नयाँ साझा धारणा बनाएपछि हुने बार्ता निर्णायक हुने अपेक्षा गरिएको छ ।

आज र भोली हुने बार्ताले निर्णायक मोड लिने बार्ता टोलीका सदस्यहरुले विश्वास लिएका छन् । तीन सदस्यीय बार्ता टोलीले हिजो अध्यक्ष महन्थ ठाकुर र मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष बिजय गच्छदारसंग छलफल गरेको थियो । टोलीले आज अपराहन्न सम्ममा अन्य पार्टीका नेताहरुसंग छलफल गर्ने योजना बनाएको छ।