भारतीय गतिबिधीको प्रतिबाद गर्न एमालेद्धारा कार्यकर्तालाई निर्देशन

0
771

 १३ असोज काठमाडौ । एमालेले संविधानका विषयमा भ्रमपूर्ण प्रचार र नेपालको आन्तरिक मामिलामा भारतबाट अनावश्यक चासो प्रकट भएको भन्दै त्यसको प्रतिवाद गर्न आफ्ना अगुवा कार्यकर्तालाई निर्देशन दिएको छ ।

संविधान जारी भएपछिको अवस्था र खेल्नुपर्ने भुमिकाबारे एमालेले मंगलबार देशभरका अगुवा कार्यकर्ता भेला गरी यस्तो निर्देशन दिएको हो ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले मधेसी दलहरुको भड्काउमा नलाग्न र वार्ताको माध्यमबाट सहमितमा आउन आग्रह गरे ।
यस्तै भारततिय पक्षबाट नेपालमा भएको गतिविधी पनि अनुचित रहेको भन्दै यस्तो क्रियाकलाप रोक्न सचेत गराए ।

भारत जस्तो लोकतान्त्रिक मानिएको देशले यस्ता कुरामा अल्झिन अनुतिच काम भएको बताए ।