असोज १३ काठमाण्डौ ।
नेकपा एमालेको भातृ संगठन नेपाल युवा सँघका केन्द्रिय सदस्य वकिल बमका सम्बन्धमा बाहिर आएका समाचार सत्य तथ्य बिपरीत भएको भन्दै उनले समाचारको खण्डन गरेका छन् ।
केहि समय पहिले प्रहरीको गोलीबाट मारिएका चरी सँग संलग्न भएकोमा अध्यक्ष केपी आलीको आड भरोसामा उनि सुरक्षित भएको भन्दै बमका बिषयमा माई न्यूज नेपाल डट कम नामक अनलाईले समाचार प्रकाशीत गरेकोमा बमले संचार माध्यमको बिश्वसनियतामा जनताले प्रश्न उठाउनु पर्दा यस्को प्रभावकारीता कम्जोर हुने भन्दै समाचारको सत्य तथ्य बुझेरमात्रै प्रकाशन गरिदिन आग्रह गरेका छन् ।
बमद्धारा जारी बिज्ञप्तिमा आफु नेकपा एमालेको ईमान्दार कार्यकर्ता भएको दाबी गर्दै स्वतनत्रता पूर्वक काम गरिखाने बातारण नबिगार्न पनि संचार माध्यमलाई आग्रह गरेका छन् । आफु पर्यटन प्रबद्र्धनको क्षेत्रमा सक्रिय रहेको जनाउँदै बमले झुट्टा समाचारले आफुलाई दुखि बनाएको बताँउदै बास्तबिक जानकारीका लागि आफु तयार रहेको समेत बिज्ञप्तिमा उल्लेख गरेका छन् ।