क्यानको बिबाद चाँडै समाधान हुन्छ ः मन्त्री पौडेल

0
715

काठमाडौँ, १३ असोज । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाल क्रिकेट सङ्घ (क्यान)भित्र देखिएको विवादलाई चाँडोभन्दा चाँडो समाधान गर्ने बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आज यहाँ आयोजित ‘क्रिकेट खेलको अवस्था’ विषयक अन्तरक्रियामा खेलकुद मन्त्री पौडेलले क्यानभित्र भएको विवाद समाधानको लागि यसअघि पनि प्रयास गरेको तर राखेपका पूर्व सदस्य–सचिवले सहयोग नगर्दा काम हुन नसकेको बताउनुभयो ।

उहाँले राष्ट्रिय क्रिकेट टोलीले पहिले पनि क्यानको व्यवस्थापन पक्ष नराम्रो भएको गुनासो पटकपटक गरेको भन्दै यसको समाधान चाँडोभन्दा चाँडो हुने भनाइ व्यक्त गर्नुभयो ।

त्यस्तै राखेपका सदस्य–सचिव केशवकुमार विष्टले क्यानको नेतृत्वको विषयमा खेलाडी, खेलप्रमी, खेल विशेषज्ञलयातका विशेष व्यक्तित्वसँग बृहत छलफल गरेर सबैलाई मान्य हुने खालको नेतृत्वको चयन गर्ने उल्लेख गर्नुभयो ।

उहाँले क्यानको विवादलाई सुल्झाएर मात्र अन्य विभिन्न खेल सङ्घमा भएको विवाद टुङ्ग््याउँदै जाने विचार व्यक्त गर्दै क्रिकेट खेलको विकासको लागि जस्तोसुकै कदम चाल्न आपूm तयार रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेट खेल र खेलाडीलाई माया गर्ने खालेको नेतृत्वको आवश्यक रहेको बताउँनुभयो ।

क्यानका वरिष्ठ उपाध्यक्ष टिबी शाहको मृत्यु, विभिन्न १० जना पदाधिकारी विरुद्व अख्तियारले विशेष अदालतमा मुद्दा दायर र केही पदाधिकारीले राजीनामा दिएपछि क्यानको व्यवस्थापन अस्तव्यस्त भएको छ