भारतिय च्यानल संचालन गरेर देखाउन संचारमन्त्रीलाई युवा संघको चुनौती

0
782

असोज १३ काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले २४ घण्टा भित्र भारतीय च्यान खोल्न व्यवसायीलाई दिएको निर्देशनको प्रतिवाद गर्दै च्यानल सञ्चालन गरेर देखाउन चुनौति दिएको छ ।

युवासंघका प्रवक्त प्रभातविक्रम कटवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘४५ दिन भन्दा बढी भारतको अघोषित नाकाबन्दीले नेपाली जनताले जुन कष्टकर जीवन विताउन परेको छ । त्यसमा अलिकतिपनि हेक्का नराखी सञ्चारमन्त्रीले अभिव्यक्ति दिएका छन । यसले सम्पूर्ण देशभक्त युवाहरुमा ठूलो आक्रोस र शंका पैदा गरेको छ ।’

राष्ट्रियताको लागि जुनसुकै परिस्थितिको पनि सामना गर्न जनता तयार भएको बेला सञ्चार मन्त्रालय सम्हालेको जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै संघले आक्रोस पोखेको हो । ‘आन्दोलनकारीलाई भारतको भूमि प्रयोग गर्न भारतले दिएको छ । भारतीय भूमिबाट नेपालका सुरक्षाकर्मीलाई ढुंगा प्रयोग भइरहेको छ । भारतीय सुरक्षाकर्मी दर्शकको रुपमा ताली बजाइरहेका छन’ विज्ञप्तीमा भनिएको छ ।

नेपाली सवारी साधनलाई ४५ दिनभन्दा बढी नाकामा बाटो अवरुद्ध गरिएकोलाई नाकाबन्दी नभन्ने ? युवा संघले प्रश्न गरेकोछ । भूपरिवेष्ठित र अतिकम विकसित राष्ट्रले पाउनुपर्ने अधिकारको हनन भारत सरकारले गरेको छ’ विज्ञप्तीमा भनिएको छ ‘सूचना तथा सञ्चारमन्त्रीकै निर्देशनमा नेपाल केवल टेलिभिजन महासंघ, डिस होम प्रालि, सिम्पल मिडिया प्राली आदिलाई २४ घण्टे अल्टिमेटम सोध्ने काम भएको छ ।

यो निर्णय तुरुन्त फिर्ता लिन र भारतीय च्यानलहरु बन्द गर्न युवा संघ नेपाल सरकार र सम्बन्धित मन्त्रालयसँग जोडदार अनुरोध गर्दछ । नत्र युवा संघ नेपाल यस्ता च्यानलहरु बन्द गर्नेछ ।’

– See more at: http://www.nepalsandesh.com/2015/09/30/157738.html#sthash.5cy5RWLo.dpuf