भारतको कदम निन्दनिय नेता नेपाल

0
1062

असोज १३ काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका कार्यबाहक राजदूत जोन एल कारवीलबीच भेटवार्ता भएको छ ।

एमाले नेता नेपालको निवास कोटेश्वरमा भएको भेटमा उनीहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, राजधानीमा देखिएको आपूर्ति समस्या लगायतका विषयमा कुराकानी भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

भेटमा अमेरिकी कार्यबाहक राजदूतले नेपालको पछिल्लो राजनीतिक अवस्था, अहिले देखिएको आपूर्ति समस्या तथा तराई–मधेसमा जारी आन्दोलनको बारेमा जिज्ञासा राखेका थिए भने पूर्व प्रधानमन्त्री नेपालले नेपाल र नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधानलाई प्राप्त अमेरिकी समर्थन प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

पूर्व प्रधानमन्त्री नेपालले चाड पर्वहरु नजिकिदै गरेको अवस्थामा आपूर्ति व्यवस्था असहज हुनु दुःखद रहेको कुरा उल्लेख गरे । उनले आपूर्तिमा भारतले व्यवधान ल्याउन नमिल्ने तर्क गरेका थिए । नेता नेपालले कुनै पनि दुइ देशबीचको सम्बन्ध आन्तरिक स–साना विषय भन्दा माथि उठेर पारस्परिक हित एवम् लाभमा आधारित हुनुपर्नेमा जोड दिए ।