नेपाल टेलिभिजन अब प्रतिस्पर्धी बन्छ ः अध्यक्ष दाहाल

0
1037

असोज १७ काठमाण्डौ । नेपाल टेलिभिजनका नव नियुक्त अध्यक्ष महेश दाहाललले सरकारी स्वामित्वमा रहेको नेपाल टेलिभिजनको प्रशारणलाई अझ बढि ब्यबसायिक र प्रतिस्पर्धि बनाउने बताउनु भएको छ । सञ्चारखवर सँगको कुराकानीमा अध्यक्ष दाहालले गुणस्तरीय कार्यक्रम र बिश्वसनिय समाचार सहितको आफ्नो प्रसारणलाई बिश्वब्यापीकरण गर्दै जनताको रुचिको कार्यक्रम उत्पादन आफ्नो प्रमुख कार्यभार भएको बताउनु भएको छ । उहाँले सरकारी लगानीमा सञ्चालित अधिकाँश उद्योग धन्दा धारासायी भैरहेको अबस्थामा नेपाल टेलिभिजनलाई आत्मनिरभर बनाउँन आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । २०४२ साल बाट आफ्नो प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजनले आफ्नो तेस्रो च्यानलको रुपमा समाचार च्यानलको उद्धघाटन गरेपनि प्रसारण प्रभाकारी बनाउन सकेको छैन । अध्यक्ष दाहालले तस्रो च्यानललाई छिट्टै नयाँ ढँगबाट प्रशारण प्रारम्भ गर्ने गरि आफुले काम सुरु गर्ने बताउनु भएको छ । अध्यक्ष दाहालले आजै टेलिभिजनका बिभागीय प्रमुखहरुसँग अन्तरक्रिया गर्नु भएको छ भने केहि दिन भित्रै कार्यक्रमको नितीगत कार्ययोजनाको सुरुवात गर्ने जानकारी दिनु भएको छ । गत साता बसेको मन्त्रिपरिषदको बैठकले नेपाल टेलिभिजनको संचालक समितीको ४ बर्षे कार्यकालका लागि दाहाललाई नियुक्त गरेको थियो ।
चितवनको पार्वतीपुरमा पिता टिकाराम दाहाल तथा माता टिकादेबी दाहालको कोखबाट जन्मनु भएका दाहालले समाजशास्त्रमा स्नातकोक्तर,कानुनमा बि एल तथा शिक्षा संकायमा स्नातक सम्मको अध्यान गर्नु भएको छ । बिगतमा उच्चस्तरिय सुचना प्रबिधि आयोगको सञ्चालक समितीको सदस्य तथा परराष्ट् मामिला अध्यायन प्रतिस्ठानको पनि सदस्य भई काम गरेको अनुभव उहाँसँग रहेको छ । यस्का साथै उहाँ युवा उद्यमीहरुको अन्तराष्ट्यि संस्था नेपाल जेसिजको राष्ट्यि अध्यक्ष तथा जे सि आई सिनेटर भई बिश्वका अधिकाँस देशको भ्रमण समेत गरि सक्नु भएको छ । स्टेर वे म्यानेजमेन्टका कार्यकारी निर्देशक समेत रहनु भएका दाहाल ल्पाटिनियम कलेजमा प्राध्यापनको कार्य समेत गर्दै आउनु भएको छ । दाहाल ब्यक्तित्व बिकाससँग सम्बन्धित तालिमको अन्तराष्ट्यि ट्ेनर समेत भएकाले नेपाल टेलिभिजनका कार्यक्रम र समाचारमा परिवर्तन आउने अपेक्षा कर्मचारी बृत्तले गरेका छन् । दाहालको टेलिभिजन प्रबेश कार्यक्रममा सबैदल आबद्ध कर्मचारी युनियनहरुले टेलिभिजनको ३० बर्षे अबधिमा दाहाल जत्तिको नैतिकवान र सक्षम नेतृत्व पाएकोमा खुसि ब्यक्त गर्दै स्वागत गरेका थिए । हेरै दाहाल नेतृत्वमा नेपाल टेलिभिजनमा कस्तो परिवर्तन आउने छ ।