असोज १७ काठमाडौं । एएफसी छनौट प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा नेपालले बराबरी खेलेको छ । अाइतबार इरानमा सम्पन्न आफ्नो देस्रो खेलमा नेपालले कुबेतसँग १–१ गोलको बराबरी खेलेको हो ।
इरानको मासदा रंगशालामा भएको खेलमा नेपालले केबेतसँग बराबरी खेलेको हो । पहिलो खेलमा आयोजक राष्ट्र इरानसँग १०–०को लज्जास्पद हार बेहोरेको नेपाली टोलीले दोस्रो खेलमा भने केही सुधारिएको प्रदर्शन गरेको छ ।
पहिलो हाफ गोल रहित बराबरि खेलेको नेपालले दोस्रो हाफको ६१ औं मिनेटमा कप्तान विमल घर्तिमगरको गोलबाट अग्रता लिएको थियो । तर त्यसको १० मिनेट वित्न नपाउदै कुबेतका खालिद अलेन्जीले बराबरी गोल फर्काउदै खेल एक एकको बराबरीमा ल्याए । जितसँगै नेपालले एक अंक बटुलेको छ भने कुबेतको ४ अंक भएको छ ।
कुवेतले आफ्नो पहिलो खेलमा जोर्डनलाई पराजित गर्दै तीन अंक हासिल गरेको छ । उसले जोर्डनलाई २–१ले पराजित गरेको थियो ।
उन्नाइस बर्षमुनिको नेपाली टोली एएफसी छनौट प्रतियोगिता खेल्न इरानमा रहेको छ ।
तेस्रो खेल नेपालले मंगलबार जोर्डनसँग खेल्नेछ । समूह विजेता १० टिम तथा उपविजेता उत्कृष्ट पाँच टिम र आयोजक बहराइनले अर्को बर्ष हुने १९ बर्षमुनिको एएफसी च्याम्पियनसिप खेल्नेछन् ।