१८ असोज , इग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई पराजित गरेको छ ।
घरेलु मैदान ईमाइरेट्स रंगशालामा सम्पन्न खेलमा आर्सनललाई विजयी गराउन अलेक्सीस सान्चेजले दुई गोल गरे भने मेसुत ओजीलले एक गोल थपे । जितसँगै आर्सनलले प्रिमियर लिगको उपाधि दावेदारी पस्किएको छ ।
लिग अन्तर्गत आइतबार राती भएको अर्को खेलमा एभर्टन र लिभरपुलले एक एक गोलको बराबरी खेलेका छन् । खेलमा लिभरपुलका ड्यानी इंग्सले पहिलो गोल गरेका थिए भने एभर्टनका रोमेलु लुकाकुले बराबरी गोल फर्काएका थिए ।
लिग अन्तर्गतकै अर्को खेलमा स्वान्सी सिटी र टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी खेलेका छन् । आइतबार रातीका खेलहरुपछि इंग्लिश प्रियिमर लिग फुटबलको अंक तालिकामा ८ खेलबाट १८ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ ।
समान खेलबाट १६ अंक जोडेको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ भने १६ अंक नैं जोडेको म्यान्चेस्टर युनाईटेड तेस्रो स्थानमा रहेको छ ।