स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड र रियल मड्रिड १–१ को बराबरीमा

0
565

१८ असोज। स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बीको खेल बराबरीमा सकिएको छ ।

बराबरीमा खेल सकिएसँगै रियल मड्रिले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । गएराती भएको खेलमा एथ्लेटिको मड्रिडले रियल मड्रिडलाइ १–१ को बराबरीमा रोकेको हो ।

रियलका लागि नवौं मिनेटमा ग्यारेथ बेलले सुरुवाती अग्रता दिलाएपनि एथ्लेटिकोका लागि ८३ औं लुसियानो भिएटाले बराबरी गोल फर्काए । बराबरीपछि सात खेलबाट १५ अंक जोडेको रियल दोस्रो स्थानमा उक्लिएको छ ।

रियल शीर्ष स्थानको भिल्लारियल भन्दा एक अंकले पछि छ । समान सात खेलबाट १५ अंक नै जोडेका सेल्टा डि भिगो र बार्सिलोना गोल अन्तरमा पछि रहँदै क्रमश तेस्रो र चौंथो स्थानमा छन् ।

सात खेलबाट १३ अंक जोडेको एथ्लेटिको मड्रिड पाँचौं स्थानमा छ । आइतबार राति नै भएका खेलमा रियल बेटिस, एथ्लेटिको बिल्बाओ र लेभान्टे विजयी भए ।