क्रिकेट टोलीको कप्तान पारस खड्का नै क्यान

0
444

काठमाडौ । नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पारस खड्का टिमको कप्तानबाट नहटाइको लिखित रुपमै स्पष्ट पारेको छ ।

पारसलाई कारवाही गर्दै क्याप्टेनबाट हटाइको समाचार प्रकाशनमा आएपछि पारसले’म कप्तान हुँ कि होइन’भनेर क्यानसंग लिखित पत्र मागे पछि  क्यानले उनलाई लिखित पत्र दिएको हो ।

खड्काले आइतबार पत्रकार सम्मेलन गर्दै क्यानले लिखित पत्र दिएको बताएका हुन् ।

खड्काले क्यानका पदाधिकारीलाई उद्धृत गर्दै आएको समाचारले आफनो परिवार र समर्थकलाई तनाव दिएको भन्दै गलत समाचारले आफू दुखित भएको पत्रकार सम्मेलनमा बताए