स्पष्ट मार्गचित्र ल्याए वार्ता .ठाकुर

0
431

भक्तपुर, १८ असोज । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले तीनदलको वार्ताटोलीले स्पष्ट मार्गचित्र ल्याएर वार्तामा बसेमात्रै वार्ता सफल हुने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सरकारले देखावटीरुपमा मात्रै वार्ता टोली बनाएर भुलाउन खोजेको भए वार्ता सफल नहुने बताउनुभयो ।

अध्यक्ष ठाकुरले भन्नुभयो– “अनौपचारिक भेटघाटमा तीन दलका नेताले मधेसको माग पूरा गर्छौँ भन्छन्, तर फेरि कोठे बैठक बसेर अर्कै चलखेल गर्ने गरेको आशङ्का छ, देखावटी वार्ता टोली गठन गरेर अल्मल्याउन खोजिँदै छ, स्पष्ट मार्गचित्रबिनाको वार्ता टोली आए वार्ता सफल हुँदैन ।