रुसको हवाई आक्रमण बिबाद

0
780

असोज १८ । रसियाका युद्धक विमानद्वारा सिरियामा सुरु भएको आक्रमण विवादमा परेको छ । रसियाले अमेरिकी आग्रहबमोजिम नै सिरियामा आइएसका विरुद्धमा हवाई कारबाही थालेको हो ।

तर पनि सो कारबाही विवादमा परेको समाचारमा जनाइएको छ । अमेरिकाले सीआईएले बनाएका तथा तालिम दिलाइएका सिरियाली विद्रोहीलाई आक्रमण गरेको आरोप रसियामाथि लगाएको छ ।
अमेरिकी र संयुक्त सेनासँग टर्कीमा तालिमप्राप्त गरेका ७५ जना सिरियाली विद्रोहीलाई उत्तरी सिरियामा हालैमात्र पठाइएको एक समाचारमा जनाइएको थियो ।
तालिम प्राप्त गरेका ती ७५ विद्रोही जिहादी आतङ्ककारी समूहका विरुद्धको कारबाहीका लागि त्यहाँ पुगेका मानवअधिकारवादी समूह तथा अमेरिकी अधिकारीहरुले नै जनाएका थिए ।
टर्कीको राजधानीनजिकैबाट ७५ नयाँ विद्रोही लडाकू अलेपो प्रान्तमा गत हप्तामात्र प्रवेश गरेका थिए । तिनै लडाकूमाथि नै रुसी सेनाले हमला गरेको अमेरिकाको दाबी छ ।
उता सिरियन अब्जरभेटरी फर ह्युम्यान रइट्सका निर्देशक रामी अब्देल रहमानले दिनुभएको अर्काे एक जानकारीअनुसार सो हमलामा महिला र बालबालिका पनि मारिएका छन् ।
अमेरिकी सिनेटर जोन म्याकाइनले रसियाको सुरुवाती आक्रमण निशानामा अमेरिकी गुप्तचर संस्था सीआईएद्वारा प्रशिक्षित व्यक्ति तथा समूह परेको सिनेटर जनाउनुभएको हो ।

रसियाली सेनाले गएको बुधबारदेखि सिरियामा हमला गरिरहेको छ । सिरियाको होम्स सहरमा सो सेनाले आक्रमण गरेको छ । सो आक्रमणमा परी ५० जनाभन्दा बढीको ज्यान गएको पनि बताइएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि सो आन्दोलन गृहयुद्धमा परिणत भएको थियो ।
सन् २०११ देखिहालसम्म यस आन्दोलनमा परी २ लाख ४० हाजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । यस आन्दोलनको कारण लाखौं व्यक्ति घाइते भएका छन भने लाखौ व्यक्ति देश र भित्र र छिमेकी देशमा शरणार्थी बन्न पुगेका छन ।
पछिल्लो समयमा सिरियामा पनि आइएसको आक्रमण बढ्न थालेको हो । सो आक्रमणका विरुद्धमा अमेरिकी नेतृत्वमा केही विदेशी सेनाले सिरियामा कारबाही गर्दै आएको छ ।
सो कारबाहीमा ऐक्यबद्धता स्वरुप नै रसियाली सेनाले पनि आक्रमण गरेको बताइएको थियो । तर उसको आक्रमण सिरियाली सरकारको पक्षमा नै भएको भन्दै अमेरिकाले रसियाली सेनासँग सहकार्य नगर्ने बताएको छ ।