नेपाल आज जोर्डनसंग भिड्दै

0
486
असोज १९ काठमाडौ । एएफसी यु–१९ फुटबल प्रतियोगिता छनोट चरणको अन्तिम खेलमा नेपालले आज जोर्डनसंग भिड्दै  छ ।

इरानसंग पहिलो खेलमा १०-० को लज्जात्मक खेल र कुबेतसँग १–१ गोलको बराबरी खेलेको नेपालले अन्तिम जितको लागी आज जोर्डनसंग भिड्न लागेको हो ।

जोर्डनसंगको खेल जितेमा नेपालले अर्को वर्ष बहराइनमा हुने प्रतियोगितामा छनोट हुने सम्भावना रहेको छ । तर त्यसको लागि समुहको अर्को खेलमा इरानले कुवेतलाई हराउनुपर्ने हुन्छ ।

प्रतियोगितामा ६ अंक जोडेको ईरान शीर्ष स्थानमा रहेको छ भने ४ अंकका साथ कुवेत दोस्रो स्थानमा छ यस्ते एक अंक जोडेको नेपाल तेस्रो स्थानमा छ ।लगातार दुई खेल हारेको जोर्डनले भने अंकको खाता खोल्न सकेको छैन ।

समूह विजेता १० टिम तथा उपविजेता उत्कृष्ट पाँच टिम र आयोजक बहराइनले अर्को बर्ष हुने १९ बर्षमुनिको एएफसी च्याम्पियनसिप खेल्नेछन् ।