असोज १९ काठमाडौ
काठमाडौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उच्चस्तरिय राजनीतिक भेटघाट गर्ने गरी चीन जाने भएका छन् ।
दाहाल अक्टोबर १५ मा राजधानी बेइजिङ जान लागेको स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चूडामणि खड्काले जानकारी दिए ।भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने , खड्काले बताए।
त्यस क्रममा नेपालको संविधान निर्माण र त्यसपछि राजनीतिक घटनाक्रमबारे जानकारी गराउने बताइएको छ यस्तै चिनियाँ कम्युनिष्ट
पार्टिको विदेश बिभागद्धारा आयोजित सिल्क रोड सम्बन्धी एसियाली राजनितिक दलहरुको विषेष सम्मेलनमा पनि दाहालले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।