असोज १९ काठमाण्डौ ।
देशभर पर्यटन ब्याबसाय गर्दै आएका ब्यबसायीहरु यति बेला टेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ( टान ) को नयाँ कार्य समिती गठन प्रकृयामा केन्द्रित भएका छन् । यहि असोज २८ गते राजधानीको होटल हयातमा हुने बार्षिक साधारण सभाले आगामी दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले पर्यटन ब्यबसायिहरु नेतृत्वको होडबाजीमा लागेका छन् । नेपाली काँग्रेश निकटका ब्यबसायीहरु र एमाओबादी निकटका ब्यबसायहिरु बीचको संयुक्त उमेद्धारका रुपमा नेपाल पर्यटन ब्यबसायी मञ्चका तर्फबाट युवा ब्यबसायी सागर पाण्डेलाई अध्यक्ष बनाउने सहमती गर्दै संयुक्त प्यानल नै घोषण गरेको छ ।
स्वतन्त्र,समाबेसी र सक्षम टानको लागि पर्वतिय पर्यटन ब्यबसायीहरुको संयुक्त प्यानलका उमेद्धार सागर पाण्डेको नेतृत्वको बिकल्प नभएको भन्दै पाण्डे समुहले प्यानलले नै घोषण गरेको छ । कुल १००० मतदाता भएको टानको अध्यक्षको चुनाबि प्रतिस्पर्धामा एमाले निकट पर्यटन ब्यबसायीका तर्फबाट चन्द्र रिजालले उमेद्धार दिने भएका छन् भने रिजाल समुहले बुधबार एक समारोहका बिच प्यानल नै घोषणा गर्ने तयारी गरेको छ । यता नेपाली काँग्रेश निकटका पर्यटन ब्यबसायिहरुको संस्थापन समुहले पाण्डेलाई समर्थन गरेकाले पाण्डे समुह बिजयी हुनेमा ढुक्क देखिएका छन् भने काँग्रेशका असन्तुष्ट पक्ष र एमाआबादिबाट टुक्रिएका बिभिन्न पक्षको साथ रहेको दाबी गर्दै रिजाल पक्षले चुनाबी परिणाम आफ्नो पक्षमा आउने दाबी गरेका छन् ।

