असोज २० काठमाण्डौ । देश विदेश जहाँ भए पनि आफ्नो कला संस्कृतिको माया सबैलाई हुन्छ । त्यसरी नै कोरियामा रहेर आफ्नो कर्ममा लागिरहेका पुर्वी नेपालको ताप्लेजुङ स्थायी घर भएका जसु याखाले पनि देश र यहाँको कला संस्कृतिलाई विर्सिन सकेका छैनन् । कारणवस कोरिया पुगेका उनले आफ्नो रुचीको विषय अभिनय र मोडलिङलाई बिर्सिन सक्दैनन् । त्यसैले त उनले कोरियामा नै रहँदा अथवा नेपाल आउँदा जाँदाको मौका पारेर मोडलिङलाई निरन्तरता दिईरहेका छन् ।
जसुले पछिल्लो पटक मोडलिङ गरेको गीत ‘बग्ने आँशु’ अहिले रिलिजको तयारीमा छ । यो गीतको भिडियोलाई यही अक्टोवर २५ तारिखमा कोरियामा नै एक भब्य कार्यक्रमका बीच रिलिज गर्न लागिएको उनले बताए । सोही दिन नै गीत सामाजिक सञ्जाल युट्युवमा पनि सार्वजनिक हुनेछ । आफ्नो कर्मसँगै अभिनय र सामाजिक कार्यमा रुची राख्ने जसुले केहि महिना पहिले नेपाल आउँदाको समयमा यो गीतमा मोडलिङ गरेका थिए । ‘बग्ने आँशु’को भिडियोमा जसुसँगै मोडल स्वस्तिमा खड्का फिचरिङमा छन् । सेन्टिमेन्टल लाग्ने यो गीतमा स्वर राज सिग्देलको छ भने भिडियोको निर्देशन लक्ष्मण पौडेलले गरेका छन् । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । ‘दुखान्त शैलीको गीत भएको र धेरै युवा पुस्ताको भावना बोल्ने गीत भएकोले रिलिज पश्चात सबैको साथ र सहयोग पाउनेमा आशावादी रहेको जसुले बताए । गीतको रचनाकार बाबु साईंला हुन् । यो गीत उनको ‘मिक्सिङ’ एल्बममा समावेश छ । लुक्स र शारिरिक बनावटमा कोरियन मोडल भन्दा कम नदेखिएने जसु समाजसेवामा पहिलो प्राथमिकता रहेपनि साथीहरुको र आफन्तहरुको उत्प्रेरणाले मोडलिङमा पनि पाईला अघी बढाएको बताउँछन् । यसअघी रिलिज जसुको पहिलो गीती भिडियो ‘काफल खाँदा’ दर्शक श्रोतामाझ लोकप्रिय बनेको थियो भने अर्को पुर्वेली शैलीको ‘घामै लाग्यो घमाईलो’ बोलको गीतको भिडियो पनि छिट्टै आउने उनले बताए ।