असोज २० काठमाण्डौ । अभिनेता आर्यन सिग्देलले यस अघि धेरै चलचित्रमा बिबाह गरे । रिलमा उनले धेरै संग प्रेम साटे र लगन गाठो पनि कसे पनि रियल लाइफमा एउटी संग मात्रै बिहे गरेका छन् । उनले करिब डेढ बर्ष अघि वास्तविक बिबाह गरेका हुन् । उनले बिहे गरे पछी पहिलो पटक चलचित्र ‘सुश्री’मा बिहे गरेका हुन् ।

यद्दपी पछिल्लो समय उनले बिहे गरेको भिडियो फुटेज र तस्बिरले फिल्मी बजार तताइरहेको छ । टेलिभिजनमा बज्ने गरेको चलचित्र सुश्रीको ट्रेलरमा आर्यनले बिहे गरेको देख्न सकिन्छ । सार्बजनिक ट्रेलरमा आर्यन अर्की हिरोइन सुरबिना कार्की संग बिहे मण्डपमा हुदै गर्दा डेब्यु हिरोइन आशिका तामांगले नै आर्यनलाई भगाएकी छिन् । हिन्दु सस्कारमा बिबाह मण्डप बाटै केटीले दुलाहा भगाएको वास्तविक घटना नहोलान् यद्दपी चलचित्र समेत यो नौलो बनेको छ । जसका कारण चलचित्र ‘सुश्री’ को ट्रेलरलाई दर्शकले अत्यधिक रुचाउनु भएको निर्माण पक्षले जानकारी गराएको छ । आशिका फिल्म्सको ब्यानरमा शिबम अधिकारी निर्देशित तथा आत्माराम थापा निर्मित चलचित्रमा आर्यन र आशिका मुख्य भूमिकामा छन् ।
