काठमाडौ, १९ असोज । प्रधानमन्त्री सुशील कोईरालाले बजारमा देखिएको पेट्रोलियम पदार्थको चरम अभाव केहि दिनभित्रै समाधान हुने बताउनुभएको छ ।
आज उद्योगी व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोईरालाले केहि दिन भित्रै सर्वसाधारणको जनजीवन सामान्य हुने बताउनुभयो । नेपालीहरुको चाडवाड नजिंकैदै गर्दा बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव अन्त्यका लागी सरकारले कुनै कसर बाँकी नराख्ने कोईरालाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भारतको अघोषित नाकाबन्दीले उद्यागधन्दा धरासयी भएको भन्दै ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका उद्यागी व्यवसायीलाई मधेसी दलहरुसँगको वार्ता सकरात्मक भएकाले केहि दिन संयम भएर बस्न कोईरालाले आग्रह गर्नुभयो । प्रधानमन्त्री कोईरालाले सरकार उद्योगी व्यवसायीको सुरक्षा गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।