२० असोज काठमाडौ । नेपाली कांग्रेसले पार्टीको १३ औं महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको गाउँ र नगरको अधिवेशन माघ १५ गते, निर्वाचन क्षेत्रमा माघ २२ गते र जिल्ला समितिको अधिवेशन माघ २५ गतेका गर्ने निर्णय गरेको हो ।
यसै गरी बैठकले भारतले गरेको नाकाबनदी खुलाउन कुटनैतिक पहल गर्न आग्रह गर्ने , ताराइमा भएको आनदोलको बार्ता र संवाद मार्फत समाधान गर्नु पर्नेमा जोड दिएका छन् ।
यसैगरी सरकार निमार्णको बिषयमा भोलि छलफल गर्ने गरी केन्द्रीय समिति बैठक सकिएको हो