काँकडभिट्टाबाट भित्रियो ३५ ट्याङ्कर पेट्रोलियम पदार्थ

0
1000

असोज २० काठमाण्डौ । पूर्वी नाका काँकडभिट्टा भएर गएराति र आज बिहान गरेर पेट्रोलियम पदार्थ बोकेका ३५ वटा सवारी नेपाल भित्रिएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार गएराति ३४ र आज बिहान एउटा गरी जम्मा ३५ वटा ट्याङ्कर नेपाल भित्रिएका छन् ।tankar

नेपाल भित्रिएका ट्याङ्करमध्ये पेट्रोल बोकेका १३ वटा, मट्टितेल बोकेका एक र डिजेल बोकेको २१ वटा ट्याङ्कर नेपाल भित्रिएको मेची पेट्रोलियम एसोसिएसन झापाका अध्यक्ष लयप्रसाद भण्डारीले बताए