दक्षिाणकालीमा बस दुर्घटना २० जना घाईते ।

0
700

असोज २० काठमाण्डौ । काठमाडौं बाट दक्षिणकाली तर्फ जादै गरको यात्रुबहाक बस दुर्घटनामा परेको छ ।
बा२ख २२ १४ नम्बरको यात्रुबहाक बस दक्षिणकालीको शेषनारायणमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि २० जना घाइते भएका छन् । घाइतेहरुको स्थानिय मेडिकल तथा स्वास्थ्य केन्द्रमा उपचारको लागि लगिएको छ । साँघुरो बाटोमा त्रिब्र गतिमा गुडेको बस अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खसेको स्थानिय सबिन थापाले सञ्चार खवरलाई जानकारी दिएका छन् ।