क्रिकेट प्रशिक्षक पुबुदुले दिए पदबाट राजिनामा

0
681

असोज २० काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजिनामा दिएका छन् ।

दासानायकेले व्यक्तिगत कारण देखाउँदै मंगलबार राजिनामा बुझाएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाल क्रिकेट संघ क्यानमा भैरहेको फोहोरी राजनीतीका कारण राजिनामा गरेको उनि निकट ब्यक्तिहरुको भनाई रहेको छ ।२०११ को अक्टोबरदेखि नेपाली टीम सम्हालेका दासानायकेको प्रशिक्षणमा नेपालले २०१४ मा ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेलेको थियो ।

राजिनामा दिएपनि अर्को महिना युएईको अवुधावीमा पपुवा न्यु गिनीविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपसम्म दासानायके नै नेपाली टोलीलाई प्रशिक्षण दिने क्यानले जनाएको छ ।

विश्व क्रिकेट लिग डिभिजन ४ मा रहेको नेपाल अहिले विश्व क्रिकेट लिग च्याम्पियनसिप (डिभिजन २) मा पुगेको छ ।