असोज २० काठमाण्डौ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी माथि लागेको कर छलिको आरोप फर्ता लिइएको छ ।
स्पेनका सरकारी वकिलले बार्सिलोनाका स्टाइकर मेस्सीमाथि लागेको कर छलिको आरोप फिर्ता लिएका हुन् ।
उनी माथि लागेको आरोप फिर्ता लिदै उनका बाबुमाथि मुद्दा दायर गर्ने तयारी रहेको बताइएको छ ।
मेस्सीमाथि लागेको कर छलिको आरोप प्रमाणित भएको भए उनले १८ महिनाको जेल सजाय तथा २२ लाख अमेरिकी डलर जरिवाना तिर्नु पर्ने थियो ।
मेस्सीका वकिलले मेस्सीसँग आफ्नो आम्दानीको कर तिरिएको छ कि छैन भनेर अध्ययन गर्ने समय नभएको र नियतबस नभइ व्यस्तताको कारणले समयमा कर तिर्न नसकेको बताएपछि सरकारी वकिलले उनमाथि लागेको आरोप फिर्ता लिने निर्णय गरेका हुन् ।
अब छोराको आम्दानीको कर तिर्न आनाकानी गरेको आरोपमा मेस्सीका बुबामाथि कर छलिको मुद्दा दर्ता गर्ने तयारी भएको छ । गएको जुनमा बार्सिलोना उच्च अदालतले आफ्नो आम्दानीको व्यवस्थापनका विषयमा आफूलाई थाहा नभएको भनेर मेस्सी उम्किन नपाउने फैसला सुनाएको थियो ।