३ दल मिल्नुको बिकल्प छैन ः प्रचण्ड

0
431
 २० असोज विराटनगर। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक अहिले जटिल परिस्थितिमा रहेकाले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सोह्रबुँदे सहमतिअनुरुप तीन दल एकै ठाउँमा नउभिए मुलुकका लागि दुर्भाग्य हुने बताएका छन् ।

मधेसवादी दल, थारु समुदायका नेता र जनजातिसँग सकारात्मक ढङ्गले वार्ता अगाडि बढिरहेको प्रसङ्ग उल्लेख गर्दै छिटोभन्दा छिटो समस्याको समाधान गरिनुपर्नेमा बताए ।pra

भारतले गरेको अघोषित नाकाबन्दी खुलाउन कूटनीतिक पहलका साथै राजनीतिकस्तरमा पनि संवाद भइरहेको बताउँदै अध्यक्ष दाहालले भारतले छिट्टै आपूर्ति सहज बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले पारवाहन अधिकार अविच्छिन्न रहेको चर्चा गर्दै तत्काल अन्य मुलुकबाट हवाई र सडक मार्ग हुँदै अत्यावश्यक सामग्री ल्याउने पहल पनि भइरहेको बताए ।

पत्रकारको जिज्ञासामा उनले नाकाबन्दीका कारण पार्टीहरुबीचको सम्बन्ध अझै बलियो भएको उल्लेख गर्दै चुनौतीपूर्ण यस घडीमा प्रधानमन्त्रीमा केपी ओली वा सुशील कोइराला जो भएपनि सहमतिकै आधारमा हुनुपर्ने बताएका छन् ।