टान निर्वाचनको सरगर्मी बढ्यो,रिजाल पक्षधरद्धारा प्यानको घोषणा

0
363

असोज २० काठमाण्डौ ।
पर्यटन ब्यबसायीहरुको ब्यबसायीक छाता संगठन टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल (  टान ) को नयाँ कार्य समिती गठन प्रकृयामा चन्द्र रिजाल पक्षधरहरुले छुट्टै प्यानलको घोषणा गरेको छ । आज आयोजित उमेद्धारी घोषण कार्यक्रममा चन्द्र रिजालको अध्यक्षतामा १७ सदसीय प्यानलको घोषण गरिएको हो । रिजाल नेतृत्वको कार्यसमितीमा बरिष्ठ उपाध्यक्षमा तासी लाक्पा शेर्पा,प्रथम उपाध्यक्षमा तेज बहादुर गुरुङ,द्धितिय उपाध्यक्षमा राम प्रसाद साप्कोटा,महासचिवमा कर्ण बहादुर लामा,सचिवमा मुक्ति पाण्डे,कोषध्यक्षमा सोनाम ग्याल्जेन शेर्पा,सह कोषध्यक्षमा कृष्णमान श्रेष्ठ,सदस्यहरुमा रुद्रजङ अधिकारी,तारानाथ लामिछाने,सुर्यबहादुर घिमिरे,देबि पाण्डे,डम्बर बहादुर अधिकारी,बासुदेब लम्साल,वाङछु शोर्पा,सरिता लामा र ङावा ङिमा शेर्पा रहेका छन् ।

COPYRIGHTED
COPYRIGHTED
COPYRIGHTED
COPYRIGHTED
COPYRIGHTED
COPYRIGHTED

रिजाल प्यानलको उमेद्धारी घोषण सँगै असोज २८ मा हुने टानको निर्बाचनमा सागर पाण्डे नेतृत्वको प्यानल र चन्द्र रिजाल को प्यानल बिच कडा प्रतिस्पर्धा हुने भएको छ । रिजाल नेतृत्वको प्यानलमा नेकपा एमाले निकटका ब्यबसायिहरुको साथै नेपाली काँग्रेश निकटको संस्था निटको नेतृत्व सँग असन्तुष्ट भएकाहरु तथा एमाआबादि बाट अलग्गिएकाहरुको समर्थन भएकाले आफनो पक्षले बिजय हाँसील गर्ने रिजालको दाबी रहेको छ भने रिजाल पक्षले पर्यटनका माध्यमबाट आर्थिक संबृद्धिका लागि सहकार्य र सह अस्तित्व पेशागत भविष्य सुनिष्चत गर्न सवल र गतिसिल नेतृत्व भन्ने नारा तय गरेको छ ।