आज विश्व दृष्टि दिवस

0
1210

काठमाडौ, २१ असोज । आज विश्व दृष्टि दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार नेपाललगायत विश्वभर यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा सबैका लागि आँखा स्वास्थ्य तय गरिएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ र अन्धोपन निवारणका कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठनलगयतको आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको छ ।aakha
डब्लुएचओलगायत यसक्षेत्रमा काम गर्ने संघसंस्थाहरुले सन् १९९९ मा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न भिजन ट्वेन्टी–ट्वेन्टीः राइट टु साइट कार्यक्रम घोषणा गरेका थिए । त्यसलाई स्वीकार गरेअनुसार नेपालले पनि अन्धोपन निवारणका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । नेपाल सरकारले सन् १९९९ नोभेम्बरमा भिजन ट्वेन्टी–ट्वेन्टी कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना लागु गरेको छ ।
पछिल्लो तथ्यांक अनुसार नेपामा दुई लाख २० हजार जनामा कुनै न कुनै प्रकारको अन्धोपना छ । त्यस  मध्ये ६६ प्रतिशतमा उपचार गर्न सकिने र १६ प्रतिशतमा उपचार गर्न नसिकने खालको अन्धपना भएको अध्ययनहरुले देखाएका छन्