जर्मनी र इजरायलबीच आज हुने भनिएको बार्ता स्थगित

0
463

असोज २१ काठमाण्डौ । । जर्मनी तथा इजरायली अधिकारीबीच बिहीबार बर्लिनमा हुने भनिएको बैठक इजरायलको सुरक्षा अवस्थालाई मध्यनगर गर्दै स्थगित गरिएको छ ।

जर्मन चान्सलर मर्केल तथा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीचको नियमित बैठक बिहीबारलाई तय गरिएको थियो ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले बैठकका लागि बुधबार जर्मनी जाने योजना रद्द गरिसक्नु भएको इजरायलले जनाएको छ ।

जर्मन सरकारका प्रवक्ता जर्ज स्टे«इटरले भन्नुभयो, “जर्मनी तथा इजरायली सरकार प्रमुख तथा केही मन्त्रीहरु समेतको सहभागिता रहने भनिएको उक्त बैठक निकट भविष्यमा तय गरिने गरी अहिलेलाई रद्द भएको छ ।”

यसका लागि इजरायलले दुःख व्यक्त गर्दै दुवै देशको समन्वयमा अर्कोे बैठक निकट भविश्यमा तय गर्ने जनाएको छ ।

इजरायलमा देखिएको तनाव तथा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अनिश्चित समयका लागि बैठक सार्न इजरायली प्रधानमन्त्री नेतन्याहूको आदेशमा राजदूतावासले बर्लिनसँग अनुरोध गरेपछि बैठक तत्कालका लागि रद्द गरिएको छ, जर्मन सरकारका प्रवक्ताले बताउनुभयो ।