असोज २१ काठमाण्डौ । पर्यटन ब्यबसायीहरुको ब्यबसायीक छाता संगठन टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल ( टान ) को नयाँ कार्यसमिती गठन प्रकृयामा सागर पाण्डे पक्षधरहरुले छुट्टै प्यानलको घोषणा गरेको छ । आज आयोजित उमेद्धारी घोषण कार्यक्रममा सागर पाण्डको अध्यक्षतामा १७ सदसीय प्यानलको घोषण गरिएको हो ।


सागर पाण्डे नेतृत्वको कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा निमा शेर्पा,प्रथम उपाध्यक्षमा बिद्या हिराचन,द्धितिय उपाध्यक्षमा रिसी नेपाल,महासचिवमा पाशाङ्ग शेर्पा,छेतुप तामाङ्ग,कोषाध्यक्षमा लिला बल्लभ दाहाल (काका),सह कोषाध्यक्षमा शंकर पाण्डे,तथा सदस्यहरुमा नहकुल देबकोटा,महेश बुढा, शिबहरी साप्कोटा,पेम्बा शेर्पा(संगम),अर्जुन पाण्डे,रबि भट्ट(शंकर),रञ्जन प्रसाद ढुङगाना,हिमाल घले र तारा राना रहेका छन् ।
उमेद्धारी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्षका उमेद्धार पाण्डेले केहि सञ्चार माध्यमले आफुलाई एमाआबादि पार्टिबाट भर्खरै अलग्गिएका बाबुराम भट्टराईको नयाँ शक्ति भएको भनि भ्रमित समाचार प्रकाशन गरी आफ्नो उमेद्धारीलाई कम्जोर बनाउने षड्यन्त्र भएको भन्दै आफु एमाओबादि अध्यक्ष प्रचण्ड सँगै भएका प्रष्टिकरण दिएका थिए । साथै पाण्डेले आफुले पर्यटन ब्यबसायिको ब्यबसायिक हक अधिकारलाई शिरमा राखी काम गर्ने बचनबद्धता समेत ब्यक्त गरेका छन् । अबको नेतृत्व ब्यबसायिक हुनु पर्नेमा उनको जोड थियो ।

सागर पाण्डे प्यानलको उमेद्धारी घोषण सँगै असोज २८ मा हुने टानको निर्बाचनमा सागर पाण्डे चन्द्र रिजाल नेतृत्वको प्यानल र सागर पाण्डको प्यानल बिच कडा प्रतिस्पर्धा हुने भएको छ । रिजाल नेतृत्वको प्यानलमा नेकपा एमाले निकटका ब्यबसायिहरुको साथै नेपाली काँग्रेश निकटको संस्था निटको नेतृत्व सँग असन्तुष्ट भएकाहरु तथा एमाआबादि बाट अलग्गिएकाहरुको समर्थन भएकाले आफनो पक्षले बिजय हाँसील गर्ने रिजालको दाबी रहेको छ भने पाण्डे पक्षधरहरुले नेपाली काँग्रेशसँग भिटोफको नेतृत्व छनौट प्रकृयामा भएकै सहमतीका आधारमा टानमा आफ्नो प्यानलले बिजय प्राप्त गर्ने बिश्वास लिएको छ ।
