नेपालको पछिल्लो अबस्थाबारे राजदुतहरुलाई जानकारी

0
401

काठमाडौँ, २१ असोज । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले संविधान जारी भएपछिको अवस्था र आपूर्ति व्यवस्थापनमा उत्पन्न असहजताबारे आज नेपालका लागि विभिन्न मुलुकका यहाँस्थित राजदूतलाई जानकारी गराउनुभएको छ ।

परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको सामूहिक भेटमा मन्त्री पाण्डेले नेपालको संविधानका लोकतान्त्रिक र समावेशी चरित्रबारे प्रकाश पार्दै पछिल्ला समयमा छिमेकी भारतको सीमा क्षेत्रमा देखिएको अवरोध (अघोषित नाकाबन्दी), त्यसबाट नेपालीको जनजीवनमा परेका समस्या र समस्या समाधानका लागि भइरहेको कूटनीतिक पहलबारे जानकारी गराउनुभएको थियो ।

मन्त्री पाण्डेका जनसम्पर्क सल्लाहकार आविश्नी पुडासैनीका अनुसार युरोपेली मुुलुकका विभिन्न राजदूत र नेपालका लागि अमेरिकी राजदूतसँग नयाँ संविधान जारी भएपछिको अवस्थाका बारेमा राजदूतको चासोमा जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको संविधान तुलनात्मक रुपमा समावेशी रहेको र यसको कार्यान्वयनमा सबै पक्षबाट सहयोग मिल्ने, तराई मधेस क्षेत्रका दलसँगको वार्ताले चाँडो निकास निकाल्ने विश्वास पनि व्यक्त गर्नुभएको थियो