तत्काल समस्या समाधान गर्न पूर्व सभासदहरुको आग्रह

0
333

काठमाडौँ, २१ असोज । पूर्व सांसदहरुले संविधान जारी भएपछि शान्ति र समृद्धि आउने विश्वास गरिएकामा द्वन्द्वको सङ्केत देखिएकाले छिटो समस्या समाधान गर्न माग गरेका छन् ।

पूर्व सांसद मञ्चले आज राजधानीमा आयोजना गरेको ‘नेपालको संविधान र कार्यान्वयनका चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा आफ्ना धारणा राख्दै पूर्व सांसदहरुले यस विषयमा जोड दिएका हुन् ।

“तराईका जायज मागको सम्बोधन गरी छिटो समस्या समाधान गर्न, संविधानको सङ्क्रमणकालीन व्यवस्थामा भएको अस्पष्ट व्यवस्थामा स्पष्टता गर्न र अहिले देखिएका अन्योलता हटाउन पूर्व सांसदहरुले जोडदार माग गर्नुभएको छ”– अन्तक्र्रियाका निष्कर्ष सुनाउँदै पूर्व सांसद होमराज दाहालले भन्नुभयो ।

कार्यक्रममा पूर्व सभामुख एवम् मञ्चका अध्यक्ष तारानाथ रानाभाट, पूर्व उपसभामुख भोजराज जोशी, पूर्व सांसदहरु रामजीवन सिंह, रामरिझन यादव, विष्णुबहादुर रावत, उर्वादत्त पन्त, युवराज घिमिरे, सुशीला शर्मा, लालबहादुर विक, गोविन्दबहादुर साह, हिक्मतबहादुर साही, बालाराज कार्की, हस्तबहादर मल्ल, यज्ञराज पाठकलगायतले यस्तो माग गर्नुभएको उहाँले बताउनुभयो ।

सो अवसरमा संविधानविद् दिनेश त्रिपाठी र नेपाल बार एसोसियसनका उपाध्यक्ष टीकाराम भट्टराईले संविधान कार्यान्वयनका चुनौतीका विषयमा विषयगत प्रस्तुति दिनुभएको थियो ।