प्रधानमन्त्री बन्न ओलीको दौड सुरु

0
549

असोज २१ काठमाण्डौ । पधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सघाउने कि आफैं उम्मेदवार बन्ने भन्ने विवाद चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालालाई पत्र दिएका छन् ।

एमालेका तर्फबाट सहयोगको औपचारिक आग्रह सहितको पत्र ओलीले कोइरालालाई दिएका हुन् । पत्रमा यस अधि कांग्रेसलाई साथ र सहयोग दिएको र संविधान जारी गर्ने अबिभारा पनि मिलेर कांग्रेसकै नेतृत्वमा पुरा गरेकाले अब पनि मिलेरै जान आग्रह गर्रिएको स्रोतको दाबी छ ।

ओलीको औपचारिक आग्रह पश्चात् कांग्रेस भित्र पनि ओली पक्षमा निर्णय गर्नुपर्ने आवाज थप बलियो बनेको छ । राष्ट्रिय एकता कायम गर्नकालागि पनि ओललिाई समर्थन गर्नुपर्नेमा कांग्रेसका अधिकांस केन्द्रीय सदस्य देखिएका छन् ।

शेरबहादुर देउवा र रामचन्द्र पौडेल भने आफैं प्रधानमन्त्री बन्ने दाउमा लाग्दा राष्ट्रिय एकता भाँड्न खोजेको नेताहरुले बताएका छन् । अब कांग्रेसले उम्मेदवार खडा गरे पनि बहुमन नपाउने पक्का भैसकेको छ ।

नेकपा एमालेले नयाँ सरकारको नेतृत्वका लागि आफ्नो पार्टीलाई सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई आज आग्रह गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले बिहीबार साँझ राप्रपा नेपाल केन्द्रीय कार्यालय धूमबाराहीमा पुगेर सो पार्टीका अध्यक्ष कमल थापा र अन्य पदाधिकारीसँग भेट गरी सहयोगका लागि आग्रह गरेको हो ।

एमालेको प्रस्तावमा अध्यक्ष थापाले आफ्नो पार्टी सकारात्मक रहेको र नयाँ सरकारको नेतृत्वका लागि अध्यक्ष ओलीलाई शुभकामना दिँदै केन्द्रीय कार्यसमितिको बैठकले चाँडो निर्णय लिने प्रतिबद्धता व्यक्त गरेकाे केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।