पर्यटन ब्यबसायीहरु यतिबेला टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल ( टान ) का नयाँ नेतृत्व चयनका लागि चुनाबि प्रचार प्रचारमा ब्यस्त रहेका छन् । सन् २०१५ देखि २०१७ सम्मको कार्यकालको नेतृत्वको दाबि गर्दै चन्द्रप्रसाल रिजाल र सागर पाण्डे आ आफ्नो प्यानललाई जिताउन मतदातालाई आग्रह गरिरहेका छन् । प्रचार प्रचार गर्न रिजाल पक्षले ठमेलको बैसाली होटलमा सचिवालय स्थापना गरेको छ भने पाण्डे पक्षले साईन रेष्टुरेष्टमा सचिवालय संचालनमा ल्याएर मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएको छ । टानको चुनाबि सरगर्मी बढेका बेला सञ्चार खबरले अध्यक्षका उमेद्धार चन्द्रप्रसाद रिजालसँग कुराकानी गरेको छ । प्रस्तुत छ चन्द्रप्रसाद रिजाल सँग गरिएको कुराकानी …….
टानको नयाँ नेतृत्वका लागि अध्यक्षमा तपाईको उमेद्धारी कीन ?
पुराना नेतृत्वको निरन्तरताको क्रम भंगताका लागि मेरो उमेद्धारी आएको छ । टानले ब्यबसायिक नेतृत्वको खोजी गरिरहेकाले मेरो पर्यटन क्षेत्रको लामो अनुभवसँगै सबै ब्यबसायिलाई समेट्न सक्ने भएकाले समग्र ब्यबसायिको तर्फबाट मैले उमेद्धारी दिएको छु ।
तपाईको उमेद्धारी घोषणा सँगै सार्वजनिक गरिएका प्रतिबद्धता पुरा गर्दा आउने चुनौती कसरी फेस गर्नुहुन्छ ?
राजनितीक परिस्थितीका कारण थुप्रै चुनौति छन् म बिभिन्न संघ संस्थामा बसेर काम गरेकाले आफु सक्षम रहेको छु,मेरो अहिलेको प्यानल पनि सक्षम छ तसर्थ चुनौति फेस गर्न गाह्रो छैन । काम र बुझाईका हिसाबले आफु छिटो कुरा बुझ्ने भएकाले छिटो कार्यन्वयन गर्न र बुझाउन सक्छु । सबैको समर्थन भयो प्यानलले जित्यो भने कार्यान्वयन गर्न सकिन्छ आधा जित्ने आधा हार्ने भयो भने गाह्रो पर्छ । मरो राज्य सम्यन्त्र सँग राम्रो सम्बन्ध भएकाले ब्यापारी र राज्यका निकायसँग मिलेर चुनौतिलाई अबसरमा परिणत गराउन सक्छु यस्मा ब्यबसायिको सहयोग साथ र मतको खाँचो छ ।
अहिलेको नेतृत्वले किन राम्रो सँग काम गर्न सकेन जस्ले टानका सम्बन्धमा यति धेरै प्रश्न उठायो ?
ब्यक्तिगत स्वार्थका कारण टान दिनप्रतिदिन कम्जोर हुँदै गयो,नेतृत्व गर्नेहरुको सोच ब्रोड हुन सकेन संक्रिण सोच ब्यक्तिबादि प्रबृत्तिका कारण टानको काम माथि प्रश्न बढ्दै गएको देखिन्छ त्यसमा पनि गुटगत स्वार्थले अड्डा जमाएका कारण समस्या देखिएका हो ।
तपाईमा चै त्यस्तो किसीमको स्वार्थ छैन भन्ने ग्यारेन्टी छ त ?
मेरो जन्म देखि आजसम्मका ब्यबहार हर्ने हो भने स्वार्थपरक ढंगबाट कुनै पनि काम गरेको भन्ने मैले कहिँ कतैबाट सुनेको छैन बरु आफ्नोलागि भन्दा अरुकालागि धेरै काम गर्छ भन्छन् मेरो परिवारका मान्छेहरु । म सामाजिक चेतना भएको मान्छे भएका कारणले म एक्लै चिया खान सक्दिन,एक्लै केहि कामै गर्न सक्दिन तसर्थ म सामाजिक प्राणि भएकाले म बाट त्यस्तो काम हुनै सक्दिैन । मैले सबैलाई समेटेर हिँड्ने बानी परेकाले म सामुहिक स्वार्थ भन्दा तल झरेर निर्णय गर्दिन । यो मेरो प्रतिबद्धता हो ।
टानलाई चाहिएको ब्यबसायिक नेतृत्व हो जस्ले राजनीतिक रुपमा पनि लविङ गर्न सक्नुपर्छ तपाईमा यो दुबै क्षमता छ भनेर कसरी प्रमाणीत गर्नु हुन्छ ?
मैले बिगत देखि आज सम्म ब्यबसायिहरुका मन्त्रालयमा बिभागहरुमा अड्कीएका थन्किएका कति काम गरेको छु ब्यबसायिहरुलाई राम्रो जानकारी छ । मैले बिभिन्न संघ संगठनहरुबाट उठाएका एजेन्डाहरु राजनीतिक दलमा लगेर स्विकृत गराएको छु अर्को कुरा राजनितिकदलका नेताहरुले गर्न नसकेको ब्यबसायिक काम मैले गरि दिएको छु भने मैले जति राजनितीक र ब्यबसायिक ब्यक्ति अरु कोही नभएको भन्ने कुरा म प्रमाणित गराउने छु । भुकम्प पछि नेपालको पर्यटकिय क्षेत्र सुरक्षित छैन भन्ने म्यासेज गएका बेला कुनै संघ संगठनले गर्न नसकेको काम मैले गराए नेपाल सुरक्षित छ भनेर परराष्ट् मन्त्रालय र राजदुताबास मार्फत गराएर प्रमाणित गराई सकेको छु ।
पर्बतिय पर्यटनको समस्या नीतिगत धेरै हो की ब्याबहारीक ?
सरसरर्ती हेर्दा कहिले नीतिगत बढि कहिले ब्यबहारीक बढि तर मेरो बुझाईमा दुबै समस्या समान छन् । नीतिगत समस्या बेला बेलामा नीति प्रस्ठ नभएकाले अथवा नेपाली भाषामा मान्छेले घुमाउन सक्ने भएकाले समस्या देखिएको छ भने अर्को कुरा २०३५ सालमा बनेका कानुनहरु अहिले समय सापेक्ष हुन नसक्दा समस्या आएको छ भने हामी नेपालीहरुको मै मात्रै राम्रो मेरो गोरुको बाह्रो टक्का भन्ने प्रबृत्ति,अहिले पुँजीको बोलवाला भएको अबस्थामा आफुमात्रै धनि बन्न खोज्ने जस्ता कारणले दुबै सम्स्या उस्तै दखिन्छ । अहिलेकै सरकारमा पर्यटन मन्त्रीमात्रै तिन तिन वटा फेरीए कसरी नीतिगत समस्या समाधान हुन्छ त्यसैले पहिला नीति सबल हुनु पर्यो त्य पछि ब्यबहार सबल हुन्छ ।
अब यहि अबस्थामा तपाई टानको अध्यक्ष हुँदैमा कसरी नीति र ब्यबहार परिवर्तन गर्नु हुन्छ त ?
हुटिट्याउँले आकास थामेझै म सबै गर्न सक्छु त भन्दीन तर क्रियाशिल एउटा टिम र सक्षम नेतृत्व क्रियाशिल रह्यो भने नीतिमा पनि परिवर्तन हुन्छ । लबिङ गरेको गर्रै गर्ने,फलो गरेको गर्रै गर्ने हो भने नीति निर्माताहरुले पनि सुन्छन् र परिणम आउँछ नेतृत्वगर्नेहरु थाक्नु हुँदैन । मैले ठूलो कुरा गर्नु हुन्न मैले एक्लैले,मेरो टिमले मात्रै चाहेर नीति परिवर्तन हुँदैन ।
नीतिगत समस्या जारी रहनुमा तपाई ब्यबसायिको भुमिका छैन राज्यको मात्रै हो ?
हामी ब्यबसायिहरुको पनि धेरै कम्जोरी छ , ठुला कुरा गर्ने चर्का नारा लगाउने,आफ्ना प्रतिबद्धता कार्यकालमा कार्यान्वयन नै नगर्ने प्रतिबद्धता चुनाव जित्नका लागिमात्रै गर्ने जिते पछि कमाउन तिरै लाग्ने ब्यबसायिको गलत कार्य नै नेतृत्वको कम्जोरी हो । हाम्रा नेतृत्वहरु निरास भएकाले समस्या देखिएको हो निरास नेतृत्वले बिकास गर्न परिवर्तन गर्न सक्दैन तसर्थ लिडरको खाँचो भएकाले मैल क्रमभंग गर्ने मौकाको रुपमा लिएको छु ।
तपाई चुनाबि मैदानमा हुनुहुन्छ तपाईको प्यानलले चुनाव जित्ने आधार के छ ?
पहिलो आधार सागर पाण्डे अहिलेको कार्यसमितीको महासचिव हुनु हुन्छ उहाँहरुले काम गर्न नसकेर भ्रष्टाचारको आरोप खेप्नु परेका छ जस्ले उहाँहरुको नेतृत्व फेलियर भैसकेकोले हाम्रो प्यानलको जित निश्चिित छ,अर्को उहाँहरु सबैले मलाई अध्यक्ष मान्नु भयो स्वयं सागर जि ले समेत स्विकारी सक्नु भयो अरु उमेद्धारलाई मान्नु भएन त्यसैले म त स्वत अध्यक्ष भैसके । मरो टिम समाबेसी छ,७० प्रतिशत ब्यबसायिको सहमती ,पूराना अध्यक्षहरुको र नयाँ ब्यबसायिको समर्थन भएकाले १००० जना भोटरमा आफुले ५५० मतका साथ बिजय हुने निश्चिित छ ।