पर्यटन ब्यबसायीहरु यतिबेला टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल ( टान ) का नयाँ नेतृत्व चयनका लागि चुनाबि प्रचार प्रचारमा ब्यस्त रहेका छन् । सन् २०१५ देखि २०१७ सम्मको कार्यकालको नेतृत्वको दाबि गर्दै चन्द्रप्रसाल रिजाल र सागर पाण्डे आ आफ्नो प्यानललाई जिताउन मतदातालाई आग्रह गरिरहेका छन् । प्रचार प्रचार गर्न रिजाल पक्षले ठमेलको बैसाली होटलमा सचिवालय स्थापना गरेको छ भने पाण्डे पक्षले साईन रेष्टुरेष्टमा सचिवालय संचालनमा ल्याएर मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएको छ । टानको चुनाबि सरगर्मी बढेका बेला सञ्चार खबरले अध्यक्षका उमेद्धार चन्द्रप्रसाद रिजालसँग कुराकानी गरेको छ । प्रस्तुत छ सागर पाण्डेसँग गरिएको कुराकानी …….
टानको नयाँ नेतृत्वका लागि अध्यक्षमा तपाईको उमेद्धारी कीन ? एजेण्डाहरु के के छन् ?
ब्यबसायिक एकता र नेतृत्व आजको आवश्यकता भन्ने मेरो मान्यता हो एकता बिना हामीले ब्यबसायिक सफलता हासिल गर्न सक्दैनौ त्यसैले बिद्यमान पर्यटन नीतिमा समय अनुसार सुधार गर्नु पर्छ , पर्यटनलाई बजारीकरण गर्न समय सापेक्ष नीति बनाउन जरुरी छ । दिगो बिकास र ब्यबसायीक प्रतिस्पर्धालाई बलियो बनाउन मजदुर र ब्यबसायी बीचको सम्बन्ध सुमधुर बनाउन हामीले प्रयास गरेका छौ राम्रो पनि भैरहेको छ त्यसलाई निरन्तरता दिन पनि जरुरी छ ।
तपाई आजको दिनमा टानको महासचिव हुँदा कीन यि कुरालाई सम्बोधन गर्न सक्नु भएन र फेरी अध्यक्षमा जानु पर्यो ?
देश खुल्ला अर्थतन्त्रमा गै सके पछि पनि आर्थिक बृद्धिदर हाँसिल गर्न सकेको छैन यहाँ राजनीतिक परिवर्तन धेरै भए तर आर्थिक परिवर्तन हुन सकेन सरकारहरु राजनितीक ऐजेण्डामा मात्रै केन्द्रित भए तर अहिले संबिधान आएको अबस्थामा आर्थिक मुद्धाले स्थान पाउने भएकाले सरकारको दायित्व के,निजी क्षेत्रको दायित्व के,मजदुरको दायित्व के भन्ने अबस्थामा म टानको नेतृत्वमा पुगी आर्थिक मुद्धालाई स्थापित गरी ब्यबसायीक बाताबरण स्थापित गर्न मेरो उमेद्धारी सान्दर्भीक छ भन्ने हामीलाई लागेको छ ।
दुई वटा प्यानल चुनाबि प्रतिस्पर्धामा रहेका बेला अर्को पक्षले तपाई महासचिव भएको नेतृत्वले काम गर्न नसकेकाले सागर पाण्डे अक्षम ब्यक्ति भनेको छ यस्को जवाफ के दिनु हुन्छ ?
पहिलो कुरा यो चुनाबि नारा मात्रै हो उहाँहरु पूर्णरुपमा राजनीतिक नेतृत्व लिन खोजी राख्नु भा छ,यो कुरा ब्यबसायिले बुझ्नु पर्ने कुरा हो । ब्यक्ति पुर्ण हुन नसक्ला हामीले दुई बर्षको कार्यकालमा दुई ढंगबाट काम गर्यौ,एउटा तत्कालीन समस्याको समाधान र अर्को दिर्घकालीन योजना निर्माण त्यस अन्र्तगत पहिलो कार्य सम्पन्न भै सकेको छ भने दोस्रो कार्य हाम्रा गुरु योजनाहरु कार्यान्वयनको क्रममै छन् त्यसलाई पूर्णतामा पर्ुर्याउन पनि मैले नेतृत्व लिनै पर्छ । भ्रष्टाचारको आरोप निराधार भएकोले पदाधिकारीहरुले आर्थिक अनियमितता गरेको भए संस्थागतरुपमा आउन चुनौति दिन चाहन्छु ।
कार्यालयको काममा खर्च भएको रकमलाई भ्रष्टाचार भएको आरोप नलगाउन म आग्रह गर्दछु यदि त्यस्तो थियो भने आज सम्म किन मौन बस्नु भयो र आज चुनावको सम्मुखमा यो आरोप लगाउँदै हुनुहुन्छ । बिरोधको नाममा बिरोध गर्नका लागि अथाभावि आरोप लागाएर नेतृत्वमा जान सकिँदैन म कस्तो मान्छे हो भन्नेकुरा सबै ब्यबसायिहरुलाई राम्ररी जानकारी छ आरोप लगाएर होईन आकर्षक योजना ल्याउन सक्नु पर््यो नि ? आफ्नो हाईट बढाउन अर्काको हाईट घटाउने होईन राम्रो काम गर्नु पर्यो मेरो आग्रह छ रिजाल जि हरुलाई ।
चुनाबि प्रकिया पछि तपाई अध्यक्ष बन्नु होला त्यस पछिका चुनौतीहरु के के देख्नु भा छ ?
पहिलो चुनौती भनेको भुकम्प पछि पर्यटन क्षेत्रमा ठूलो गिरावट आएको छ त्यसले ब्यबसायिहरु आक्रान्त भएका छन् भने यस्मा मनोबल बढाउने कार्यक्रम ल्याउन जरुरी छ । ब्यबसायीक बाताबरण नभएर निरास भएका ब्याबसायीहरुलाई उत्साहित गराउन राज्यले के गर्ने भन्ने अन्योलको अबस्थाको अन्त्य गर्न जरुरी छ । दोस्रो हामीले अब ५,१० बर्षमा टुरिजम कहाँ पुर्याउने त्यसको निस्चत गर्न गूरुयोजना ल्याउन जरुरी छ,हुनत हामीले यो कार्यकालमा दुई वटा गुरु योजना बनायौ तर कार्यान्वयनमा आउन सकेन हामीले पपुलर कार्यक्रम ल्यायौ तर ब्यबहारीक ल्याउन सकेनौ अबको आवश्यकता पर्यटनसँग सम्बन्धीत माष्टर प्लान योजना आयोग मार्फत आउन जरुरी छ त्यस्ले गर्दा योजाना पुरा नहँुदा सम्म निरन्तरता पाउँछ । मन्त्रालयले बनाएको योजना सीमित भएकाले अबको योजना योजना आयोगबाटै बन्नु पर्छ जुन परिणाम मुखि हुन्छ । सरकारी बिमानको संख्या बढाउन,बिमान स्थलको सुधार गरी कालो सुचिबाट हटाउन हाम्रो महत्वपूर्ण भुमिका हुने हुँदा मैले अबको कार्यकालमा यस्ता परिणममुखि काम गरेर देखाउनु छ ।
तपाईहरुले नीतिगत सुधारको कुरा धेरै उठाउनु भा छ त्यसमा टानको भुमिका के हुन्छ ?
ब्यबसायिक एकता बिना केहि गर्नै सकिँदैन हामी ब्यबसायिहरु एक भयौ भने धेरै काम गर्न सक्छौ । हामी बिच एकता भएन भने राज्यले कस्को कुरा सुन्ने टानले एउटा कुरा गर्ने नाटाले अर्को कुरा गर्ने यस्ले गर्दा राज्यले हाम्रा माग पुरा गर्न बाध्य हुँदैन । पर्यटनको सबै बिद्याहरु एक अर्काका पुरक हुन त्यसैले पर्यटकीय सेवासँग सम्बन्धित ब्यबसायिहरु एक हुनै पर्छ त्सले मात्रै होटल,ट्राभल र ट्रेकिङ ब्यबसाय सफल हुने हुँदा टानलाई मात्रै बलियो बनाउन सकिँदैन । नेपालमा पर्यटक ल्याउने बाताबरण बनाउनु टानको पहिलो प्रथमिकता हुनु पर्छ ।
तपाई अध्यक्ष बन्दैमा यि यावत समस्या समाधान भैहाल्छ भन्ने आधार के छ ? तपाईलाई कीन जिताउने ?
म ईमान्दार छु ब्यबसाय प्रति र पेसा प्रति,आफुले दुई बर्षे कार्यकालमा प्राथमिक र दिर्घकालीन गरी दुई किसीमको योजना ब्यापक अन्तक्रियाबाट तर्जुमा गर्छु । ती योजनाहरु सफल र असफल हुनाका सम्पूर्ण कारणहरु ब्यबसायि मतदाता सबै सामु छर्लङ पार्ने छु । मेरा सम्पुर्ण गतिबिधी ईमान्दारीताका साथ सकारात्मक र बिकासमुखि कार्य हुन्छ । म टानलाई आर्थिक रुपमा सक्षम सवल र आसातित् बनाउने छु ।
दल पिच्छेका संगठन भएको अबस्थामा ब्यबसायिक एकता कसरी सम्भव छ ?
रानीतकि भाषणले एकता सम्भव छैन हामी ब्यापारीक लाभहुने मुद्धामा एक ठाउँमा छौ र म ब्यबसायीक एकता गराउने मुद्धा उठाउने छु जस्ले हामी एक ठाँऊमा उभिने छौ । ब्यक्तिगत पपुलारिटीको एजेण्डाले एकता ल्याउन नसके पनि सामुहिक लाभको कुरामा कुनै पनि ब्यबसायी एकै ठाँऊमा नउभिने कुरै छैन ।
तपाई बाबुराम भट्ठराईको प्रतिनीधिको रुपमा चुनाबि प्रतिस्पर्धामा उत्रिनु भएको भन्ने अर्को प्यानलको प्रचारबाजिलाई के भन्नुहुन्छ ?
यो भ्रम चिर्न जरुरी छ म कुनै पनि ब्यक्तिको प्रतिनिधी होईन चाहे त्यो बाुराम होस् या प्रचण्ड म कम्युनिष्ट बिचारधारमा बिश्वास गर्ने मान्छे हुँ म परिवर्तनको पक्षपाति हुँ म कसैको खल्तिको मान्छे होईन मलाई कुनै ब्यक्तिसँग नजोड्न आग्रह गर्छु म लाई कुनै ब्यक्ति सँग नाम जोडेकोमा दुखः लागेको छ, के गोर्खालीहरु सबै बाबुरामका मान्छे हुन् त ?