काठमाण्डौको ढुङगेधारामा बसको ठक्करबाट नेपाल टेलिकममा कार्यरत ईन्जिनियर शिव प्रसाद ढकालको मृत्यु

0
1137

असोज २२ काठमाण्डौ ।
राजधानीको ढुङगेधारामा यात्रुबाहक बसको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ ।

दुर्घटनामा परि नेपाल टेलिकममा कार्यरत ईन्जिनियर शिव प्रसाद ढकालको ज्यान गएको स्थानिय मनोज मुडभरीले जानकारी दिएका छन् ।

खोटाङ काठमाण्डौको रुटमा सञ्चालनमा रहेको ना ४ ख ३९८५ नं.को बसको ठक्करबाट सडक पार गर्न सडक किनारामा उभिरहेका ढकाललाई ठक्कर दिँदा मृतकको शरिरका अँगहरु छरिएको प्रत्यक्षदर्शी  मुडभरीले सञ्चार खवरलाई जानकारी दिएका छन् । घटना लगतै स्थानियले नाराबाजी गरेका थिए ।