काठमाडौँ, २६ भदौ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्नुभएको छ ।
विसं २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बनेपछि बालुवाटारमा बसोबास गर्दै आउनुभएका कोइराला आइतबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि बालुवाटार छाड्नुभएको हो ।
सभापति कोइराला बालुवाटारबाट काँग्रेस नेता डा शशाङ्क कोइरालाको महाराजगन्जस्थित निवास सर्नुभएको छ ।