जनताको भावनाअनुसार संविधानमा संशोधन,नेम्बाङ

0
409

काठमाडौँ, २६ असोज । सभामुख सुवास नेम्बाङले जनताको भावनाअनुसार संविधानमा संशोधन गर्न सकिने बताउनुभएको छ ।

नेकपा (एमाले) रसुवा–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा सभामुख नेम्बाङले समावेशी समानुपातिक संविधान भएको बताउनुभयो ।

उहाँले आन्दोलनरत मधेसी दल संसद्मार्फत संविधान निर्माणमा आउनु सकारात्मक भएको बताउनुभयो । नेम्बाङले भन्नुभयो, “निर्वाचनमा जीत हार हुनुु स्वभाविक हो तर सडक सङ्घर्षमा रहेका दल संसद्मा आएर भोट हाल्नु राम्रो कुरा हो ।”

सभामुख नेम्वाङले ८५ प्रतिशत सांसदको समर्थन र ८९ प्रतिशत सांसदको उपस्थितिमा बनेको संविधान अन्य देशको तुलनामा राम्रो भएको बताउनुभयो ।

नेकपा (एमाले)का स्थायी समिति सदस्य छविलाल विश्वकर्माले संविधान बनाउनुभन्दा कार्यान्वयन गराउनु महत्वपूर्ण पक्ष भएको औँल्याउनुभयो ।

सम्पर्क मञ्चकी अध्यक्ष कारगेल्मो श्रेष्ठले पहिलो संविधानसभाले संविधान बनाउन नसकेको अवस्थामा दोस्रो संविधानसभाले संविधान बनाएर ऐतिहासिक काम गरेको बताउनुभयो